
रामकृष्ण बुढा, वैशाख १३ जुम्ला
प्रारम्भिक कक्षा शिक्षकहरुलाई शैक्षिक सामाग्री निर्माण सम्बन्धी ५ दिने क्षमता अभिबृद्धि तालीम दिईएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थीक सहयोग र किर्डाक नेपाल जुम्लाकोे सहकार्यमा उक्त तालीम दिईएको किर्डाक नेपाल जुम्लाका गोबिन्द कठायतले बताउनु भएको छ । सोहि तालिममा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका गरी १५ बिद्यालयका ३० जना शिक्षकको सहभागीता रहेको उहाँले बताउनु भयो ।
कठायतका अनुसार ५ दिनसम्म तालीममा सीकेका ज्ञान सिपलाई आफ्नो बिद्यालयमा गएर आफ्ना नानी बाबुहरुलाई सिकाउन अनुरोध गर्नु भएको छ । तालीममा सिकेको सीप नानी बाबुहरुलाई नसिकाएसम्म व्यवहारमा लागु नहुने उहाँको भनाइ छ । शैक्षिक सामाग्री निर्माण सम्बन्धि तालीम दिएकाले तालिम प्रभाबकारी हुने कठायतले बताउनु भयो ।
कठायतले भन्नुभयो १५ वटै बिद्यालयका शिक्षकलाई क्षैक्षिक सामाग्री निर्माणका विषयमा तालीम दिएकाले विद्यार्थीको सिकाईमा सहयोग पुग्ने बताउनु भयो । तालीममा सहभागी १५ वटै विद्यालयका शिक्षकहरुलाइ शैक्षीक सामाग्री पनि प्रदान गरिएको छ । यस्तै तालीममा सहभागी हुनुभएका शिक्षक शुरेश कुमार शर्माले शैक्षीक सामाग्री निर्माण गर्ने तरीका सिकेकोमा आभारी भएको प्रतिक्रिया दिनुभयो ।
आफुले यो तालीममा सीकेका सबैज्ञान सीप आफ्नो विद्यालयमा गएर व्यवहारमा परीणत गर्ने उहाँले बताउनु भयो । यस्तै अर्का सहभागी शिक्षीका नबिता बमले शैक्षीक सामाग्री मिर्नाण सम्बन्धी तालीम दिने प्लान ईन्टरनेश्नल नेपाल र किर्डाक लेपाल प्रति आभारी भएको बताउनु भयो । आफुले तालीममा सिकेको सीपलाई भरपुर प्रयोग गर्दै विद्यार्थीहरुको सिकाई उपलब्धिमा सहयोग गर्ने उहाँले प्रतिवद्धता गर्नुभएको छ ।