आगलागि पिडित परिवारलाई डा. नेपालीको सहयोग – Karnali News

आगलागि पिडित परिवारलाई डा. नेपालीको सहयोग

 १२ बैशाख २०७९, सोमबार १९:२७  

वैशाख १२ जुम्ला
तिला गाउँपालिका ३ का आगलागि पिडित मानसिंह सार्कीको परिवारलाई डाक्टर गोविन्द नेपालीले नगद सहयोग गर्नु भएको छ । उहाँले आगलागि पिडित परिवारलाई नगद ५ हजार रुपैयाँ दिनु भएको हो । रेडियो कर्णाली जुम्लाका कार्यक्रम संयोजक तथा प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष नौरते नेपाली मार्फत गोविन्दले पिडित परिवारलाई नगद सहयोग गर्नु भएको हो ।

पिडित परिवारलाई तत्कालका लागि केहि किनेर खान सजिलो होस भनेर नगद रकम सहयोग गरेको गोविन्द नेपालीले जानकारी गराउनु भयो । पिडित फागुनी सार्कीको हातमा पत्रकार नौरते नेपाली नगद रकम दिनु भएको हो । आगलाडिबाट मृत्यु भएका बालबालिका प्रति श्रदान्जली व्यक्त गर्दै उहाँले क्षति भएको घर पुन निर्माणका लागि पहल गर्ने बताउनु भएको छ ।

मानसिंह सार्कीको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्कीको ज्यान गएको हो । आगलागीका कारण बेहोस भएका मानसिंह र निजकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्कीको उपचार पछि घर फर्किएका छन् ।