जुम्लामा कहाँ कसको उम्मेदवारी पर्याे विस्तृतमा – Karnali News

जुम्लामा कहाँ कसको उम्मेदवारी पर्याे विस्तृतमा

 १२ बैशाख २०७९, सोमबार १९:०४  

वैशाख १२ जुम्ला
नेपाली कांग्रेसको तर्फबाट चन्दननाथ नगरपालिकाको मेयरमा अधिवक्ता पदम शाहीले मनोनयन दर्ता गर्नु भएको छ । उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको हो । मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी समेत हुनुहुन्छ । उहाँले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आउनु भएको छ । यस्तै उपमेयर पदका उम्मेदवार रामदेवि खड्का सफल व्यवसायी हुन् । लामो समयदेखि राजनीति सँगसँगै जुम्लामा व्यवसाय गर्दै आउनु भएको छ । मेयर पदका उम्मेदवार शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन भने उपमेयर खड्का काँग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

नेकपा एमालेबाट मेयरमा धर्मेन्द्र रोकायाल मनोनयन दर्ता गराउनु भएको छ भने उपमेयरमा मेनका रेग्मीले मनोनयन दर्ता गराउनु भएको छ । २०७४ सालमा नेकपा एमालेको तर्फबाट उपमेयरमा रेग्मी उम्मेदवार बन्नु भएको थियो । यस्तै युवा नेता रोकायाको मनोनयन दर्ताले आम नगरबासीलाई मतदान गर्न चाहना जागृत गरेको छ । नेकपा माओवादि केन्द्रबाट मेयरमा युवा नेता जीवन बुढाथापाले मनोनयन दर्ता गराउनु भएको छ भने उपमेयरमा पूर्णिमा विक (रचना) विकले मनोनयन दर्ता गराउनु भएको छ । राप्रपाबाट मेयरमा पूर्णसिंक कठायतले मनोनयन दर्ता गराउनु भएको छभने उपमेयरमा गीता शाहीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबाटिबाट मेयरमा जयलक्ष्मी चौलागाई र उपमेयरमा भीम वहादुर थापाले मनोनयन दर्ता गराउनु भएका छ ।

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमवहादुर शाहीले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको छ । समान कामको समान ज्याला, श्रमलाई नगरौँ हेला, १–१२ निःशुल्क र अनिवार्य शिक्षा, नेकपा एमालेको सलिक्षा भन्ने मु मन्त्रका साथ मनोनयन दर्ता गराएको उहाँले जानकारी गराउनु भयो । नेकपा एमालेबाट उपाध्यक्षमा जुनमाया बोहोराले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेकपा माओवादि केन्द्रबाट उध्यक्ष पदमा मोतिलाल रोकायाले मनोनयन दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा एकराज चौलागाई र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ ।

तातोपानी गाउँपालिको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरत वहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाईले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेकपा माओवादि केन्द्रबाट अध्यक्षमा विरवहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल (सीमा)ले मनोनयन दर्ता गराउनु भएको छ । अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएका कुँवर नेकपा माओवादि पार्टी जुम्लाका अध्यक्ष समेत हुनुहुन्छ । नेपाली काँग्रेसबाट नन्द प्रसाद चौलागाई र उपाध्यक्षमा बिन्दु अधिकारीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबादि पार्टीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईल मनोनयन दर्ता गराउनु भएको छ ।

पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महताराले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा माओवादि केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिवहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराउनु भएको छ ।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढाले मनोनयन दर्ता गराउनु भएको छ । वडा नम्बर २ मा लालवहादुर बोहोरा, वडा नम्बर ३ मा भीमवहादुर भण्डारी, वडा नम्बर ४ मा हर्के सार्की र वडा नम्बर ५ बाट रामप्रसाद न्यौपाले नेकपा एमालेबाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको छ । नेकपा माओवादि केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिवहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गराउनु भएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादि केन्द्रका भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । पुन पनि अध्यक्षमा मनोनयन दर्ता गराउनको लागि भण्डारीले पदबाट राजीनामा दिनु भएको थियो । नेपाली काँग्रृृेसबाट गाउँपालिका अध्यक्षमा दानवहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत)ले मनोनयन दर्ता गराउनु भएको छ । टेक बहादुर भण्डारीको प्रस्तावमा र श्री कृष्णा कामीको समर्थनमा बुढाले उम्मेदावारी दर्ता गराउनु भएको हो । सोमराज लामाको प्रस्तावमा र नरबहादुर कामीको समर्थनमा उहाँले उम्मेदावारी दर्ता गराउनु भएको हो । यस्तै नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राज बहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्यायले उम्मेदावारी दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबादि पार्टीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल (भण्डारीले) मनोनयन दर्ता गराउनु भएको छ ।

हिमा गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाहील मनोनयन दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट हिमा गाउँपालिका अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्णा शाहीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबादि पार्टीबाट अध्यक्षमा भैवहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।

सिंजा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढाले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा माओवादि केन्द्रबाट पूर्ण प्रसाद धिताल र उपाध्यक्षमा सितली रोकायाले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेपाली काँग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्इक्षमा रजनकला शाहीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबादि पार्टीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल)ले मनोनयन दर्ता गराउनु भएको छ । नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणवहादुर रोकायाले मनोनयन दर्ता गराउनु भएको छ ।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मानबहादुर रोकाया र उपाध्यक्षमा देविसिता बुढा (रावत)ले मनोनयन दर्ता गराउनु भएको छ । नेपाली काँग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढाले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेकपा माओवादि केन्द्रबाट अध्यक्षमा धनवहादुर बुढा र उपाध्यक्षमा रीता खत्रीले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकिकृत समाजबादि पार्टीबाट अध्यक्षमा रणवहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराउनु भएको छ ।