
नौरते नेपाली, वैशाख १२ जुम्ला
राजुसिंह कठायतले चन्दननाथ नगरपालिका जुम्लाको मेयरमा स्वतन्त्र उम्मेदवारी मनोनयन गर्नु भएको हो । कांग्रेसको एक पक्षले टिकट नदिएपछि असन्तुष्ट हुनु भएका कठायतले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । २०७४ मा मेयरको टिकट पाउनु भएका तथा प्रदेश सभा सदस्यका पराजित उम्मेदवार कठायतले मेयरमा स्वतन्त्र उम्मेदवारी मनोनयन गराउनु भएको हो ।
नेपाली काँग्रेस पार्टीका नेताहरुले हेपेको र टिकट वितरण मनोमानी गरेकाले काँग्रेसका विरुद्धमा आफुले स्वतन्त्र उम्मेदावरी दिएको उहाँको भनाइ छ । वडाध्यक्षमा कठायतको पक्षबाट चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा नृपराज भारती, वडा नम्बर ५ मा पूर्ण प्रसाद श्रेष्ठ, वडा नम्बर ६ मा गोरवहादुर सुनार, वडा नम्बर ९ मा पूर्णाचन्द्र उपाध्याय र वडा नम्बर १० मा बल सार्कीले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । वडा नम्बर ५ को महिला वडा सदस्यमा तारा शाही र कालीवहादुर भण्डारीले वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन गर्नु भएको छ ।