
वैशाख १२ जुम्ला
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको नेकपा एमाले जुम्लाले टुगो लगाएको छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका निर्वाचन कार्यालयमा नेकपा एमालेका उम्मेदवारले आज मनोनयन दर्ता गराउँदै छन् ।
चन्दननाथ नगरपालिका मेयर पदमा धर्मेन्द्र रोकाया, उप मेयर मेनका रेग्मी, पातारासी गाउँपालिकामा अध्यक्ष सुकराम रावत, उपाध्यक्ष खम्मेनी महतारा, गोठिचौरमा अध्यक्ष, झुनमाया जैशी, उपाध्यक्ष प्रेम बुढा, तातोपानीमा अध्यक्ष सुरत बहादुर शाही, उपाध्यक्ष ज्वाला चौलागाई, तिलामा अध्यक्ष रेशम बहादुर शाही, उपाध्यक्ष जुनमाया बोहोरा,
हिमामा अध्यक्ष जयबहादुर खत्री, उपाध्यक्ष भागिरती शाही, सिंजामा अध्यक्ष सुमन आचार्य, उपाध्यक्ष कल्पना बुढा, कनकासुन्दरीमा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बुढा (रावत)ले मनोनयन दर्ता गर्ने नेकपा एमाले केन्द्रिय सदस्य रतननाथ योगिले बताउनु भयो । उहाँका अनुसार नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै भाग लिने बताउनु भयो ।