जुम्लामा गठबन्धन नहुने, दलहरु एक्ला एक्लै निर्वाचनमा जाने – Karnali News

जुम्लामा गठबन्धन नहुने, दलहरु एक्ला एक्लै निर्वाचनमा जाने

 ११ बैशाख २०७९, आईतवार १७:३६  

वैशाख ११ जुम्ला
जुम्लामा सत्ताधारी राजनीतिक दलहरुका बिच गठबन्धन नहुने निश्चित भएको छ । गठबन्धनको आईतबार बसको निर्णयाक छलफल बिना निष्कर्ष टुंगिएसँगै गठबन्धन नहुने भएको हो । सत्ताधारी गठबन्धनका दलहरु बिच भागबण्डा नमिले पछि एक्ला एक्लै निर्वाचनमा जाने गरी छलफल टुंगिएको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव गोल्डेन कठायतले बताउनु भयो ।

उहाँका अनुसार नेपाली काँग्रेस र नेकपा एसका बिच पनि गठबन्धन नहुने जानकारी गराउनु भयो । सत्ताधारी दलहरु अब एक्ला एक्लै निर्वाचनमा जाने कठायतले बताउनु भयो । सबै पार्टीहरु आ–आफनै अडानबाट पछि नहटेपछि गठबन्धन नगरी निर्वाचनमा भाग लिने जाने सहमति भएको उहाँले बताउनु भयो ।

प्रदेशबाट दबाब आएको खण्डमा तिन वटै खण्डमा बाँहेक अन्यथा गठबन्धन हुने संभावना नरहेको कठायतको भनाइ छ । जुम्लामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल नहुने पार्टी सचिव कठायतल बताउनु भयो । उहाँका अनुसार दलहरुबिच तालमेल नमिले पछि अब एक्ला एक्लै निर्वाचनमा जाने जानकारी गराउनु भयो ।

चुनावी गठबन्धन र भाग बण्डाका लागि छलफलमा बसेका दलहरु आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यस अघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि दलहरु छलफलमा जुटेका थिए । तर, सबै दलले ठूलो भाग खोजेपछि सहमति नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताउनु भयो ।

उहाँका अनुसार प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो । काँग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भने पछि गठवन्धन नहुने देखिएको उहाँले बताउनु भयो । मननोयन दर्ता गर्ने समय भइ सकेका बेला पार्टीहरु बीच एक आपसमा नमिल्ने कुरा आएपछि अब तीन पार्टी एक्ला एक्लै चुनाव लड्ने भएका हुन ।

त्यस्तै नेकपा समाजवादी पार्टीका अध्यक्ष तिर्थ बुढाका अनुसार गठबन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ । हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ, तर उनीहरुले दिन नमाने भएपछि गठबन्धन नहुने भएको हो ।

त्यस्तै नेपाली काँग्रेस पार्टीका पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा आजदेखि गठबन्धन टुटेको बताउनु भयो ।