चन्दननाथ नगरपालिकाको मेयरमा जयकृष्ण धरालाको पहिलो उम्मेदवारी दर्ता – Karnali News

चन्दननाथ नगरपालिकाको मेयरमा जयकृष्ण धरालाको पहिलो उम्मेदवारी दर्ता

 ११ बैशाख २०७९, आईतवार १६:१०  

नौरते नेपाली, वैशाख ११ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा जयकृष्ण धरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ । जुम्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धरालाले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँले नेमकिपाबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । ५६ वर्षीय धरालाले भैरव वहादुर धरालाको प्रस्ताव र मानवहादुर रोकायाको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

जनताको सेवा गर्नको लागि आफुले मेयर पदमा मनोनयन दर्ता गरेको उहाँको भनाइ छ । जनताको आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्ने दृढ इच्छा शक्ति भएकाले मेयरमा उम्मेदवारी दर्ता उहाँले बताउनु भयो । धरालाका अनुसार नगरबासिको चाहाना र भावनाको कदर गर्दै नेमकिपा पार्टीबाट मेयर पदका लागि मनोनयन दर्ता गरेको जानकारी गराउनु भयो ।

वैज्ञानिक र आधुनिक स्वास्थ्य, शिक्षा निःशुल्क र बेरोजगार नागरीकलाई रोजगारी सृजना गर्नको लागि मेयर पदमा मनोनयन दर्ता गरेको धरालाको भनाइ छ । मादल चिन्हमा भोट हालि दिन पनि उहाँले अनुरोध गर्नु भएको छ । नेमकिपा पार्टीबाटै उपमेयरमा हस्तना खत्रीले मनोनयन दर्ता गराउनु भएको छ ।

शिवलाल डाँगीको समर्थन र धनसरी सार्कीको प्रस्तावमा उम्मेदवारी दर्ता गराएको गराउनु भएको हो । यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ८ मा नेमकिपाबाट आनमति रावलले वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ ।