
वैशाख ९ जुम्ला
नेकपा एकीकृत समाजवादी जुम्ला चन्दननाथ नगर कमिटीका नगर अध्यक्ष कृष्ण थापा र एकीकृत समाजबादी निकट अनेरास्ववियु जिल्ला कमिटी सचिव हरि थापाले राजीनामा दिनु भएको छ । दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपा एसबाट राजिनामा दिएको घोषणा गरेका हुन् । दुबै जनाले आ–आफ्नो फेसबुकमा स्टाटस राख्दै राजिनामा दिएको बताएका छन् ।
नगर कमिटीका नगर अध्यक्ष कृष्ण थापाले लेख्नु भएको छ, ‘आजको मिति देखि नेकपा एकीकृत समाजबादी पार्टी सँगको अध्याय समाप्त भयको घोषण गरेको उल्लेख गर्नु भएको छ । भने त्यस्तै एकीकृत समाजबादी निकट अनेरास्ववियु जिल्ला कमिटी सचिव हरि थापाले पनी सामाजिक सञ्जाल फेसक बुकमा स्टाटस मार्फत ‘आजको मिति देखि आफुले पाएको जिम्मेवारीबाट राजिनामा दिदै एस नेकपा एकीकृत समाजवादी पाटीको कार्यकर्ता नभएको बताउनु भएको छ । पाटी भित्र विचार वादी भन्दा व्यक्तिवादी हाबी भएको भन्दै पार्टीमै बिद्रोह गर्नु परेको सचिव थापाले बताउनु भयो ।