जनताको करमा अध्यक्षहरुले रजाई गरेका छन् ः प्रवक्ता शाही – Karnali News

जनताको करमा अध्यक्षहरुले रजाई गरेका छन् ः प्रवक्ता शाही

 ७ बैशाख २०७९, बुधबार १९:११  

नौरते नेपाली, वैशाख ७ जुम्ला
राप्रपाका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाहीले जनतालाई खाने सिटामोल नभएको अवस्थालामा स्थानीय तहका अध्यक्षहरूले स्कारपियो चढेर हिडेको आरोप लगाउनु भयो । जनताले तिरेको करमा अध्यक्षहरुले रजाई गरेको उहाँको भनाइ छ । राप्रपा जुम्लाले सदरमुकामको कृष्ण मन्दिर नजिक आयोजना गरेको बृहत्त आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको लडाई भ्रष्टाचारका विरूद्वमा भएको उद्घोष गर्नुभयो ।

जुम्ली जनताले पत्याएर निर्वाचित गरेमा यहाँको जुडिबुटीलाई खुल्याम रुपमा विक्रि गर्न पाउने विधेयक ल्याउने उहाँको भनाइ छ । प्रवक्ता शाहीका अनुसार जुम्लामा उत्पादन हुने जडिबुटीको प्रशोधन गर्दै समृद्ध जुम्ला बनाउने प्रतिवद्धता गर्नु भएको छ । शाहीले ढडेलोको तेलबाट जुम्लालाई समृद्ध बनाउन सकिन्छ ।

यसको जिम्मेवारी म लिन्छु । मलाई जुम्लाबाट जिताउनु होस । उहाँले भन्नुभयो, दुरदराजमा जन्मेकालाई हेप्छन् । तिनिहरूलाई खुट्टामा राखेर नचाउन सक्ने क्षमता म सँग छ । जुम्ली भएकै कारण म अपहेलित भएको छु । अपहेलित भएकै कारण जुम्लाको शीरलाई देशको सामु चिनाउन ज्ञानेन्द्र शाही जस्तो सुपत्र जन्मिएको छ ।

यो देशका सम्रान्त वर्गका विरुद्धमा मेरो लडाई जारी छ । जुम्ली जनताले साथ दिनु पर्छ । शाहीका अनुसार देउवालाई डडेलधुराबाट हराई दिन सक्ने तागत म राख्छु । छाति फुलाएर जुम्लीको इजत गर्छु । जुम्लाबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवार भएमा पहिलो भोट ललितजंग शाही र नरेश भण्डारिबाट माग्छु । देश बनाउछु । जुम्ली जनताले देशको शिर्ष तहमा पुग्न सक्ने क्षमता भएको व्यक्तिलाई जिताउनु पर्छ । चाहे त्यो ज्ञानेन्द्र शाही होस या अरु कोहि ।

जुम्लामा आउने बजेटबाट औषधि र १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्न सकिन्छ । यो म गर्छु । उहाँले भन्नुभयो, दलित समुदायका विद्यार्थीका लागि छुट्टै कोषको व्यवस्था गर्ने छु । त्यहि कोषबाट सबै दलित समुदायका बालबालिकाले पढन् पाउने छन् । भ्र्रष्टाचार गर्नेलाई खुलायम रूपमा बहिष्कार गर्नुपर्छ उहाँले भन्नुभयो । जनतालाई चुस्न पाईदैन ।

जुम्लाका प्रमुख प्रशासकिय अधिकृतहरुका विरूद्व सम्पति सुद्धिकरणको मुद्दा हाल्ने उहाँको भनाइ छ । सरकारी कर्मचारीले राज्य कोषको रकमबाट भ्रष्टचार गरी निर्माण गरेका घरघडेरीका विरुद्धमा मुद्दा हाल्ने शाहीले दावी गर्नुभयो । उहाँले भन्नुभयो, जुम्लामा राजनीति गर्ने शिक्षक र कर्मचारीका विरूद्व मुद्दा हालिन्छ ।

राजनीतिक गर्नको लागि मैदान खुला छ, सरकारको नुनपानी खाएर राजनीतिक गर्न मिल्दैन् । राप्रपाका सहायक महामन्त्री रमानन्द न्यौपानेले सबै नेपाली सनतान हिन्दु धर्मका हिमायति भएको दावी गर्नुभयो । राज संस्थाले सबै नेपालीलाई एकतामा गोलबन्द गरेको थियो उहाँले भन्नुभयो संघियताले जनतालाई विभाजित गरेको छ । देशको भलाई भएको छैन । देशका ठुला दलले संघियता जबरजस्त भिडाएका छन् ।

जातजातिलाई उत्तेजित गर्ने काम संघियताले गरेको न्यौपानेले बताउनु भयो । एमसिसि जस्ता राष्ट्रि घाति सम्झौता भएका छन् । देशका नेता सर्व आहारा भएका छन् । जे खाए पनि पचाउने भएका छन् । राप्रपाले देशमा भ्रष्टाचारलाई बन्देज गरेको छ । भ्रष्टचार विरोधि अभियान चलाएको उहाँको भनाइ छ । न्यौपानेका अनुसार राप्रपाका नेताले भ्रष्टाचार गरेको ठहर भएमा पार्टीबाट निस्कासन गरिने छ ।

यस्तै राप्रपाका सहायक महामन्त्री धनवहादुर बुढाले पार्टीका नेता भ्रष्टचारमा अल्झेको बताउनु भयो । देश संकटको घडिमा रहेका बताउँदै उहाँले राप्रपा युवामय भएको जिकिर गर्नुभयो । राप्रपा जनताको आकर्षणको पार्टी बनेको छ, गठबन्धन गरेर देशलाई कगांल बनाउदै छन् । राप्रपाले परिर्वतनको लागि देशभरि आदि बेहेरि सृजना गर्ने बुढाको भनाइ छ ।

राप्रपाका केन्द्रीय सदस्य विनोद खडकाले विदेशमा रहेका युवाले पनि मतदान गर्न पाउनु पर्ने बताउनु भयो । गठबन्धनका नेपालका नेपालका ठुला राजनीतिक दलले सिद्वान्त बिर्सेका आरोप लगाउनु भयो । युवालाई विदेश पढाएर देश बचेका नेताले मुलुकलाई यथास्थितीमा राख्न खोजेको उहाँको भनाइ छ । नेपाली जनताले भ्रष्टाचारिलाई देशबाट निकाला नगरेसम्म देशको विकासले गति लिन नसक्ने उहाँले बताउनु भयो । राजाले जम्बो कासमिरबाट स्याउका बिरुवा ल्याएर जुम्लामा स्याउ खेतिको गरेको खडकाले बताउनु भयो ।

यो देशमा पुन पनि राज संस्था फर्किन्छ, यसमा ढुक्क हुन आम जनतालाई उहाँले आश्वस्त पार्नुभयो । यस्तै केन्द्रिय सदस्य धनवहादुर शाहीले जनताको करमा भ्रष्टाचार भएको बताउनु भयो । जनताको विकासमा दलका नेता बाधक बनेको उहाँको भनाइ छ । राप्रपाका प्रदेश सदस्य मनसुर सुनारले राप्रपालाई दुई तिहाईको मत दिएमा देशको विकास कायपलट हुने जिकिर गर्नुभयो ।

दिनदाहाडै राज संस्था फर्किने संकेत पाएपछि नेपालका राजनीतिक दलहरु आतिएको उहाँको भनाइ छ । यो देशमा राप्रपाको सरकार भएमा युवाहरूले दासत्व स्विकार गर्न नपर्नु उहाँले बताउनुभयो । दलित समुदायको मुक्तिका लागि राप्रपाले काम गर्नेछ सुनारले भन्नुभयो, यसका लागि हलो चिन्हमा भोट दिनुहोस ।