
कालीवहादुर परियार, वैशाख ६ जुम्ला
दिवंगत अधिवक्ता तेजश्री थापाको पुनित स्मृतिमा भास्कर तेजश्री स्मृती प्रतिष्ठानले लैंङ्गिक असमानता, यौन दुब्र्यवहार, बलात्कार र आत्मरक्षा सम्बन्धी चार दिने तालिमको उद्धघाटन गरेको छ । प्रतिष्ठानले घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ लैंङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागिता जनाउँदै हिंसाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले चन्दननाथ नगरपालिकाका ४ वटा विद्यालयका बालबालिकालाई लक्षित गरि तालीमको आयोजना गरेको हो ।
यस्तै उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले लैंङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि यस्ता कार्यक्रमले मुख्य भुमिका रहने बताउनु भयो । उहाँका अनुसार नेपालमा महिला विरुद्धको हिंसाबाट कुनै वर्ग, जातजाति, संस्कृति र राजनीति समेत अछुतो नरहेको बताउनु भयो ।
यो पारिवारिक तहदेखि राष्ट्रिय स्तरसम्म र धार्मिक आस्था र सम्प्रदायमा आधारित सामाजिक बनावट, विभेदपूर्ण नीति र कानूनहरुको प्रभावले समेत महिला हिंसामा रहेको मेयर सेजुवालको भनाइ रहेको छ । लैंङ्गिकतामा आधारित हिंसा, लिङ्ग पहिचानको अवस्था देखि मृत्यु पर्यन्त छ, जसका पछाडि शताब्दीयौं देखि जकडिएको धार्मिक रुढीवाद, अन्धविश्वास र शक्ति सम्बन्धको विभेदले यसलाई बढी जटिल र संवेदनशील बनाएको छ उहाँको भनाइ रहेको छ ।
मेयर सेजुवालका अनुसार लैंङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामको लागि उपयोगी हुने बताउनु भयो । तपाईहरुले सिकेका कुराहरु आफ्नो साथीभाइहरुलाई सेयर गरेर यो अभियानलाई सफल बनाउन अनुरोध गर्नु भएको छ । ७ वटै प्रदेशका सामुदायिक विद्यालयहरुमा संचालन गरिने यो तालीमले बालबालिकालाई अपराधलाई प्रतिरोध गर्न नवयुवा विद्यार्थीहरुलाई नै सक्षम बनाउनका लागि यस कार्यक्रमले मद्दत पुग्ने प्रतिष्ठानले विश्वास लिएको छ ।
प्रतिष्ठानले बैशाख ५ गतेबाट सुरु गरेको उक्त तालिममा चन्दननाथ नगरपालिकाका ४ विद्यालयका करिब २ सय ५० बालबालिकालाई लैंङ्गिक असमानता र यौन दुब्र्यवहार प्रतिरोध गर्न सिकाईने भास्कर तेजश्री स्मृती प्रतिष्ठान केन्द्रका तालीम तथा अनुसन्धान अधिकृत बिन्दु पुनले जानकारी दिनु भयो ।
उहाँका अनुसार दिवंगत थापाले यौन दासत्व र बलात्कारलाई मानवता विरुद्धको अपराधका रुपमा परिभाषित गर्न मुख्य खेलेकी बताउनु भयो । मानव अधिकारका क्षेत्रमा थापाले पु¥याएको योगदानहरुलाई निरन्तरता दिने हेतुले समाजमा विद्यमान लैंगिक असमानता र यौन दुर्व्यवहार जस्ता मानवता विरुद्धका बारेमा जनचेतना फैलाउँदै आएको अधिकृत पुनले जानकारी दिनु भयो ।