बिकलजंग शाहीको अध्यक्षतामा नेपाल फर्मेसी संघ गठन – Karnali News

बिकलजंग शाहीको अध्यक्षतामा नेपाल फर्मेसी संघ गठन

 २० चैत्र २०७८, आईतवार २०:०८  

कालीवहादुर परियार, चैत २० जुम्ला
बिकलजंग शाहीको अध्यक्षतामा १३ सदस्यीय नेपाल फर्मेसी संघ सर्वसहमतिका आधारमा गठन गरिएको छ । प्रविन प्रसाद उपाध्याय बरिष्ठ उपाध्यक्ष, गंगादेबि हमाल महिला उपाध्यक्ष, बिरेन्द्र खड्का सचिब, मिनालक्ष्मी तिमिल्सिना सहसचिव, धनबहादुर बुढा कोषाध्यक्ष, निबन्ध चौलागाई सदस्य, सुस्मा शाही सदस्य, धनबिर महतारा, धर्मकान्त हमाल र प्रज्ञा शाही गरि १३ सदस्यीय नयाँ नेपाल फर्मेसी संघ गठन भएको हो । कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठान र कर्णाली प्राबिधिक शिक्षालयको कारणल जुम्लामा फार्मेसी गठन हुन पुगेको हो ।

फार्मेसी संघ कर्णाली प्रदेशका अध्यक्ष सुन्दर आचार्यका अनुसार २०७२ लालमा केन्द्रीय कार्यालय काठमाण्डाँैबाट फार्मेसी गठन भएर प्रदेश हुदै स्थानीय तह सम्म संरचना बनेको बताउनु भयो । उहाँका अनुसार नेपालमा फार्मेसी परिचालन गर्नको लागि एउटा संस्था स्थापना हुन जरूरी गरेको बताउनु भयो ।

जुम्ला लगायत देशभरकै फार्मेसीलाई माया गर्ने सबै एकिबद्व हुन जरूरी रहेको उहाँको भनाइ रहेको छ । २०६४ सालमा ५१ दिने फार्मेसीको लागि ठुलो आन्दोलन हुदा आज यो दिन आएको देख्दा खुसि लागेको उहाँको भनाइ छ । प्रदेश अध्यक्ष आचार्यका अनुसार २०२५ सालमा नेपालमा ४ जना मात्रा कर्मचारी थिए । आज आएर जुम्लामा आई फार्मेसी गठन गर्न पाउँदा खुसि लागेको बताउनु भयो ।

जुम्ला जिल्लाको हकमा प्रत्येक शनिबारको दिनमा मिटिङको आयोजना गर्न कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयका अधिकृत प्रतिक के.सीको अनुरोध रहेको छ । केसीका अनुसार बैठक बसि सके पछि बैठकबाट उठेका समस्याहरू प्रदेशमा पेश गर्न सुझाव दिनु भएको छ । कोभिडको बेलामा पनि फार्मेसी संघले अग्रपंक्तिमा रहेर काम गरेको थियो ।

उहाँका अनुसार नेपाल सरकारले हरेक जिल्लामा एक जना फार्मेसी असिस्टेनको ब्यवस्था गरेको छ । तर पदपुर्ती गरेको छैन । अब मन्त्रालयले निर्णय गरेर पदपूर्ति गर्ने बताउनु भयो । यस्तै क्लिनीकल फार्मेसी प्रमुख निबन्ध चौलागाईल देशका ७७ वटै जिल्लामा फार्मेसी गठन गरीने बताउनु भयो ।