
नौरते नेपाली, चैत १८ जुम्ला
तातोपानी गाउँपालिका जुम्लाले दुई आर्थिक वर्षको सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७६।०७७ र २०७७।०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिका प्रति जनतामा रहेका गुनासो सुनुवाई गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत मिलन बुढथापाले बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकामा रहेका विभिन्न विषयगत शाखाहरुले गरेको कामका बारेमा जानकारी गराईएको बताउनु भयो । १ देखि ८ नम्बर वडामा भएका योजनाहरुको समिष्टीगत विवरण नागरिकहरुका बिचमा राखिएको उहाँले बताउनु भयो । बुढथापाका अनुसार शिक्षा क्षेत्रका ३१ वटा योजना मध्ये २७ वटा सम्पन्न भएको बताउनुभयो ।
यसमा ८७ प्रतिशत काम भएको उहाँको भनाइ छ । शिक्षा क्षेत्रका सम्पन्न हुन बाँकि ४ वटा योजना चालु आर्थिक वर्षमा पुरा गर्ने लक्ष्य रहेको छ । दुई आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ५८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनु भयो । यस्तै पशु र कृषिका ११ वटा योजना मध्ये सबै सम्पन्न भएका छन् ।
यसमा ४१ लाख ६० हजार रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी गराउनु भयो । उहाँका अनुसार सडक तर्फ १ देखि ८ नम्बर वडासम्म ४१ वटा योजना सम्पन्न भएको बताउनु भयो । यसमा ३ करोेड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको भन्दै ९७ प्रतिशत काम सकिएको जानकारी गराउनु भयो ।
अध्यक्ष न्यौपानेका अनुसार सिंचाई तर्फका १६ वटा योजनामा १ करोड २२ लाख रुपैयाँ खर्च भएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आम नागरिकलाई सुनाईएको बताउनु भयो । यस्तै खेलकुद तर्फका ५ वटा योजनामा विनियोजित गरिएको २७ लाख ५० हजार रुपैयाँ मध्ये १९ लाख ५० हजार खर्च भएको उहाँको भनाइ छ । एउटा योजना सम्पन्न हुन बाँकि छ ।
यसैगरी, खानेपानी तर्फ २४ वटा योजना हुन उहाँले भन्नुभयो यसमा २ करोड ८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । खेलकुद क्षेत्रमा ९५ प्रतिशत काम सकिएको अध्यक्ष न्यौपानेले जानकारी गराउनु भयो । नदि नियन्त्रण तर्फका १४ वटा योजनामा ६५ लाख खर्च भएको सूचना अधिकारी तथा योजना शाखा प्रमुख ओमवहादुर चन्दले बताउनु भयो ।
उहाँका अनुसार यसमा शतप्रतिशत काम सकिएको बताउनु भयो । पर्यटन तिरको ७ वटा योजना मध्ये सबै सम्पन्न भएको बताउँदै चन्दले २२ लाख ५० हजार खर्च भएको जानकारी गराउनु भयो । जनतासँग अध्यक्ष कार्यक्रमका १३ वटा योजनामा ७८ लाख ५० हजार र जनतासँग उपाध्यक्ष कार्यक्रमका ११ वटा योजनामा ८४ लाख ५० हजार रुपैयाँ खर्च भएको र सबै योजनाहरु सम्पन्न भई सकेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०७७।०७८ को संघिय सरकारबाट प्राप्त विशेष अनुदानका ३ वटा योजनाहरु पनि सम्पन्न भएका छन् । यसमा १ करोड ३६ लाख खर्च भएको छ । समपुरक तर्फका एउटा योजनामा ३० लाख खर्च भएको चन्दको भनाइ छ । यस्तै प्रदेश सरकारबाट प्राप्त भएका विशेष अनुदानका ३ वटा योजनाहरु पनि सम्पन्न भएका छन् ।
यसमा ६० लाख खर्च भएको सूचना अधिकारी तथा योजना शाखा प्रमुख चन्दले बताउनु भयो । उहाँका अनुसार प्रदेश सरकारको समपुरक तर्फका २ वटा योजना मध्ये १ वटा सम्पन्न भएको बताउँदै यसमा ६० लाख रुपैयाँ खर्च भएको छ ।