
चैत १८ जुम्ला
जिल्ला प्रशासन कार्यालय जुम्लामा बुधबारबाट विद्युतिय राहादानी सुरु गरिएको छ । जिल्ला प्रशासन बाट वितरण गरिने राहादानीहरुमा विद्युतिय प्रणाली लागु गर्ने नेपाल सरकारको निति अनुसार विद्युतिय राहादानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । परराष्ट्र मन्त्रालय राहादानी विभागले २०७८ मंसिर १ गते देखि नै सबै जिल्ला प्रशासन बाट वितरण गरिने राहादानीहरुमा विद्युतिय प्रणाली लागु गर्न परिपत्र गरेकाले त्यहि अनुरुप विद्युतिय राहादानीको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले बताउनु भयो ।
अब सेवाग्राहिहरुलाइ सेवा लिन सहज हुने उहाँको भनाइ छ । विद्युतिय राहादानी छिटो सजिलो र सुरक्षित हुने पनि प्रजिअ प्रसाइले बताउनु भयो । विद्युतिय प्रणाली लागु भइसकेपछि अब सेवागा्रहिहरुले १५ दिनमै पासवर्ड पाउने उहाँले बताउनु भयो । पहिले फारम भरेको १ देखि ३ महिना पछि मात्रै पासवर्ड पाउने व्यवस्था थियो ।
उहाँले भन्नुभयो पहिले जिल्ला प्रशासनमा फारम भरेर परराष्ट्र मन्त्रालय राहादानी विभागमा लिनुपर्ने अवस्था थियो भने अब अनलाइन बाटै सबै काम हुने भएपछि सहज हुने प्रसाइको भनाइ छ । अनलाइनबाट राहादानी बनाउदा राष्ट्रिय परिचयपत्र अनिवार्य राख्नुपर्ने उहाँले बताउनु भयो । यसअघि नागरिकताबाट नै राहादानी बनाउने गरिन्थ्यो ।
अनलाइन सम्बन्धि राम्रो ज्ञान सिप भएका हरुले घरबाट नै यो प्रविधिको प्रयोग गर्न सकिने प्रसाइले बताउनु भयो । कर्णालीका १० जिल्ला मध्ये अब डोल्पा र हुम्ला बाहेक सबै ठाउँमा विद्युतिय प्रणाली बाट नै राहादानी बनाइने छ ।