देवाउ नेतृत्वको सरकार टालाटुली बाटुली भएको अध्यक्ष ओली भनाइ – Karnali News

देवाउ नेतृत्वको सरकार टालाटुली बाटुली भएको अध्यक्ष ओली भनाइ

 १७ चैत्र २०७८, बिहीबार १९:०८  

कालीवहादुर परियार, चैत १७ जुम्ला
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार टालाटुली बाटुलीको भएको बताउनु भयो । सिंजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले सरकार रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताउनु भएको हो ।

परमादेशबाट सरकार निर्माण भएकाले जनताको भावना र चाहना अनुसार देशमा काम नभएको उहाँको भनाइ छ । सरकारले जनविरोधी काम गर्ने र नेकपा एमाले विरुद्ध षड्यन्त्र र हमला भएको उहाँले आरोप लगाउनु भयो । पाँच दलिय गठबन्धन भएपनि नेकपा एमाले निर्वाचनमा एक्लै भिड्ने उहाँले बताउनु भयो ।

नेकपा एमालेको शक्ति देखेर सरकारमा रहेका दलहरुको सातो उठेको उहाँको भनाइ छ । सबै दलहरु एकै ठाउँमा भएपनि नेकपा एमालेले आरामका साथ निर्वाचनमा आफ्नो स्थान पहिलो बनाउने ओलीको दावी छ । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती शुरु भइसकेको उहाँले बताउनु भएको हो ।

वर्तमान गठबन्धनको सरकार चुनाव सम्म पनि रहने वाला छैन् । नेकपा एमाले प्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा लागि रहेको छ । यिनीहरुको कुनै पार्टीको ठेगान छैन । यो सरकार चाँडै ढल्नेवाला छ ।

जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुने छैन् । त्यसैले आगामी स्थानीयतहको चुनावमा नेकपा एमालेलाई मतदान गरेर समृद्ध नेपाल निर्माण अभियानमा सहभागि हुन सबैलाई अपिल गर्नु भएको छ । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना नेकपा एमालले गरेको छ । देशको विकास गर्ने पार्टी नेकपा एमाले भएको उहाँले बताउनु भयो ।

एमाले विना नेपालको विकास संभव छैन उहाँले भन्नुभयो । सिंजाका तीन स्थानीयतहमा झण्डै ६० हजार जनसंख्या छ । यहाँका बालबालिकाले राम्रो संग अध्ययन गर्ने विद्यालय छैन । राम्रो उपचारको व्यवस्था छैन । अध्यक्ष ओलीले भन्नुभयो, ‘शिक्षा स्वास्थ्यको ग्यारेण्टी एमालेले गर्छ, अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकारमा हुँदा एकैदिन ३९६ अस्पताल र २१० सडक शिलान्यास गरेका थियौ ।

अहिले निर्माणाधिन अवस्थामा छन । सरकारमा हुँदा नेकपा एमालेले ल्याएका योजना गबवन्धन सरकारले कटौती गरेर ढाट्न खोज्दैछ । सजग हुनुहोला । अध्यक्ष ओलीले भन्नुभयो, ‘सिँजामा रहेका ३ वटा स्थानीय तह एमालेमय हुनुपर्छ । एमाले बलियो र जित्नका लागि होइन । एमाले जित्नै पर्छ । नत्र समृद्ध नेपाल सुखी नेपालीको सपना सफल हुदैन ।

उहाँले गठवन्धन दललाई इंगित गर्दै कसैसंग नेपाली जनताले सुख पाउनुपर्छ भन्ने आँट नभएको बताउनु भयो । विकास गर्ने हिम्मत छैन । सिँजा जस्तो दुगर्म ठाउँलाई विकास गर्नु पर्छ भन्ने मान्यता राख्दैनन । जब सम्म कर्णाली समृद्ध हुदैन । कर्णालीका जनता सुखी हुदैनन । तब नेपाल सुखी र नेपाली खुसी हुनेछैनन’, उहाँले भन्नुभयो ।

यहाँका जनताले शिक्षा, स्वास्थ्य, आधुनिक कृषि र उद्योगको विकास गरेर कृषिले बजार प्राप्त गर्न व्यवसायीक र सीप विकास तालिम दिन एमाले प्रतिबद्ध भएको बताएका थिए । अध्यक्ष ओलीले जुम्लामा स्याउ राम्रो फल्छ । टोपी निकै प्रख्यात छ । राम्रो राडी बन्छ । स्थानीय उत्पादन र बजारीकरणका लागि फेरी पनि सरकारमा एमाले नेतृत्व आउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले सिँजा सभ्यता,भाषा र संस्कृतिको बारेमा झण्डै पन्ध्र मिनेट समय खर्चेका थिए । अध्यक्ष ओलीले जुम्ला आउनु अघि दैलेखको दुल्लुको अवलोकन गर्नु भएको थियो । खस सभ्यतामा दुल्लु मौसमी राजधानी थियो । उहाँले जुम्लामा संवोधन गरेर कालिकोटमा आयोजित जनसभालाई समेत मा संवोधन गर्नु भएको छ । ओली हेलिकप्टरबाट जुम्ला आइपग्नु भएको थियो ।