खसहरुको उत्पति सिंजामा भएको हो ः अध्यक्ष ओली – Karnali News

खसहरुको उत्पति सिंजामा भएको हो ः अध्यक्ष ओली

 १७ चैत्र २०७८, बिहीबार १९:०६  

नौरते नेपाली, चैत १७ जुम्ला
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खसहरुको उत्पति सिंजामा भएको बताउनु भयो । खष भाषाको जनजनी भूमि जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले नेपालमा रहेका खषहरुको उत्पति सिंजाबाट भएको बताउनु भयो ।

खष सभ्यताको सुरुवात सिंजाको शक्तिशालि राज्यबाट भएको उहाँको भनाइ छ । नेपाली भाषाको विकास जुम्लाको सिंजाबाट भएको उहाँले उद्घोष गर्नु भयो । अध्यक्ष ओलीले सिंजा क्षेत्रको विकास गर्नको लागि खस भाषाको उत्पति भएको भूमिमा टेकेको बताउनु भयो । नाग्म हुँदै मुगुको रारासम्म जाने सडकको स्तरवृद्धि र कालो पत्रे गरिने प्रतिवद्धता गर्नु भएको छ ।

उहाँले भन्नुभयो हेरेर विकास गर्नको लागि सिंजामा आएको हुँ । स्रोत साधानले सम्पन्न कर्णालीका नागरिक सुखी नभएसम्म देश खुसी नहुने उहाँको भनाइ छ । कर्णाली प्रदेश समृद्ध भए सिंगो देश समृद्ध हुने अध्यक्ष ओलीको भनाइ छ । कर्णालीका जनतालाई सुखी र समृद्ध बनाउने अभियानमा नेकपा एमाले लागेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस र सिंजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौँ । कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी मन्दिर, त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामल नेपालको ओरजिनल ब्राण्ड भएको बताउनु भयो । जुम्लाको नराकोटमा मार्सीचामल र सिमीको भात खाए । उहाँले भन्नुभयो, ‘पहिले एक पटक मार्सीचामल खाएको थिए ।

निकै चर्चा चल्यो । अहिले त झन सिँजामै पुगेर मार्सीचामलको भात र सिमीको दाल खाएको छु । हिमानदीको निकै स्वादिष्ट माछा खाएको छु । यहाँ उत्पादित अर्गानिक आलुको तरकारी खाएको छु । बास्तवमा यहाँका खाना शुद्ध र शक्तिवद्र्धक छ । संसारमा सबैभन्दा मिठो माछा सायद जुम्लामै पाउछ होला । अध्यक्ष ओलीले जुम्ला सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए ।

म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिंजा हेर्ने र विकास कसरी गर्न सकिन्छ भनेर आफै पुगेको छु उहाँले भन्नुभयो ।