
कालीवहादुर परियार, चैत १३ जुम्ला
सिंजाको नराकोटमा चैत १७ गतेका दिन हुने जनसभा कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । नेपाली भाषाको उद्गम स्थल र खष राज्यको राजधानी सिंजाको नराकोटमा नेकपा एमालेका अध्यक्ष शर्मा आउन लागेको नेकपा एमाले जुम्लाले जनाएको छ ।
आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराईएको हो । पार्टी प्रवेश तथा नराकोटमा हुने जनसभा कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष शर्मा जुम्ला आउने कार्यक्रम तय भएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताउनु भयो । उहाँका अनुसार झण्डै ५ देखि ७ सय सम्म विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी विप्लब परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नु भएका राम प्रसाद शर्मा लगायतका झण्डै ७ सय जनालाई नेकपा एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको पार्टी अध्यक्ष महतले बताउनु भयो । नराकोटमा हुने जनसभा कार्यक्रममा ७ हजार भन्दा बढी कार्यकर्ताहरु सहभागि हुने अनुगमान गरिएको उहाँको भनाइ छ ।
पार्टी अध्यक्ष महतका अनुसार जुम्लामा एमाले पार्टी सकियो भन्नेहरुका लागि बैशाख ३० गतेको चुनावले प्रष्ट पर्ने बताउनु भयो । बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले विशाल पार्टी प्रबेश तथा आमजनसभा कार्यक्रमलाई सम्बोधन गर्ने पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो ।
बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रबेश गराउने कार्यक्रम रहेको उहाँको भनाइ छ । पाण्डेका अनुसार नेकपा एमाले पार्टी फेरी पनि देशको पहिलो पार्टी बन्ने उहाँले बताउनु भयो । नेकपा एमालेले संचालन गरेको पार्टी प्रवेश कार्यक्रममा हालसम्म देशभर भण्डै ४ लाख बढी मानिसहरु एमालेमा प्रवेश गरेको उहाँले जानकारी गराउनु भयो ।
सत्ता गठबन्धन गरेका दलहरु एक ठाउँमा उभिए पनि नेकपा एमाले पार्टीले २०७४ सालकै स्थान कायम गर्ने उहाँको भनाइ छ । नेकपा एमालेले २०७४ सालमा बनाएको स्थान कायम गर्ने सचिव पाण्डेले दावी गर्नु भयो । एमालेबाट छुटिएर समाजबादी पार्टीमा गएकहरुकै हारहारीमा अन्य पार्टीबाट नेकपा एमालेमा थपिएको उहाँले जानकारी गराउनु भयो ।
पाण्डेका अनुसार जुम्लामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीको हातबाट पार्टी सदस्यता वितरण तथा प्रवेश गराउने कार्यक्रम रहेको बताउनु भयो । नेकपा एमालेबाट फुटेर बनेको समाजवादी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केहि असर नपर्ने उहाँको भनाइ छ ।
१७ गते हुने कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता, एमाले प्रति आस्था राख्ने, जुम्ला जिल्लाका पत्रकार र जनसमुदायलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।