बजारमा थुप्रिएको फोहोर उठाइयो – Karnali News

बजारमा थुप्रिएको फोहोर उठाइयो

 १२ चैत्र २०७८, शनिबार १७:२६  

कालीवहादुर परियार, चैत १२ जुम्ला
जुम्ला सदरमुकाममा एक हप्ता देखि थुप्रिएको फोहोर खेलाडीहरु र स्थानीय बासीको सहभागितामा शनिबारसरसफाई गरिएको छ । आफ्नो ठाउँ आफै सफा बनाऔ भन्ने हेतुका साथ खेलाडी र स्थानीय बासिको सहभागीतामा बजारको सरसफाई गरिएको हो । जुम्लाको मुटु मानिने सदरमुकाम खंलग बजारमा एक हप्ता देखि फोहोर उठेको थिएन ।

शनिबार जागौ कर्णालीको आयोजना र चन्दननाथ नगरपालिकाको सयोगमा बजार सरसफाई गरिएको चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहदुुर बुढ्थापाले बताउनु भयो । उहाँका अनुसार बजार सरसफाई समुदायले समाज सेवी भावनाले गर्न सक्ने बताउनु भयो ।

बजार क्षेत्रको फोहोर उठाउनको लागि सहयोग गर्नु हुने कर्णाली स्पोट क्लब, कर्णाली जागौँ र स्थानीयहरूले सहयोग प्रति उहाँले धन्यवाद समेत दिनु भएको छ । नगरपालिकाले थालेको सफा नगर अभियानमा नागरिकको साथ सँधै खाचो हुने उहाँको भनाइ छ । प्रमुख प्रशाकिय अधिकृत बुढथापाले नागरिकको सहयोग बिना बजार सरसफाई गर्न नसकिने बताउनु भयो ।

नगरपालिकाले बजारको फोहोर नियमित रुपमा उठाउँदै आएको उहाँको भनाइ छ । बजारमा जताततै थन्किएको फोहोरले बजार दुर्गन्धित हुँदै गएको हुदा जुम्लाका खेलाडी र स्थानीको सहयोगमा सरसफाई गरिएको बुढथापाले बताउनु भयो । यस्तै धावक हरी बहादुर रोकायाका अनुसार कर्णाली स्पोट क्लबका खेलाडीहरु र युवाहरुले बजारको सरसफाई गरेको बताउनु भयो ।

उहाँका अनुसार सरसफाई कार्यक्रममा खेलाडिहरु जहिले पनि तत्पर हुने बताउनु भयो । स्वास्थ्यका लागि पनि सरसफाई आवश्यक भएकाले आफ्नो नेतृत्वमा खेलाडी ल्याएर सरसफाइ गरिएको रोकायाले बताउनु भयो । सबै नागरिकलाई सरसफाई अभियानमा जोडनको लागि कर्णाली स्पोट क्लब सरसफाई अभियानमा सहभागि भएको क्लबको सहसचिव तथा कर्णाली जागौँका सदस्य धनराज सुनारले बताउनु भयो ।

उहाँका अनुसार युवा र स्थानीय स्वयम आफैले सरसफाई गर्न सक्छन भन्ने जनचेतना फैलाउनको लागि पनि सरसफाइ कार्यक्रम गरिएको बताउनु भयो । सुनारका अनुसार सरसफाइ अभियानमा नगरपालिकाको गाडी र स्थानीय युवाहरुको सहभागितामा फोहोर उठेको जानकारी गराउनु भयो ।