ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम – Karnali News

ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम

 १२ चैत्र २०७८, शनिबार १३:५३  

नौरते नेपाली, चैत १२ जुम्ला
जुम्लाको पातारासि रुढमा क्षमता भन्दा बढी यात्रु बोकेर सवारी साधन हुकिने गरेका छन् । यसले गर्दा दुर्घटना हुन सक्ने उच्च संभावना छ । ट्राफिक प्रहरीको अनुगमनको कमी र सवारी साधन कमै मात्र गुड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोकेर सवारी साधन हुकिने गरेका हुन् । यसैलाई मध्येनजर गर्दै यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र जिल्ला ट्राफिक कार्यालय जुम्लाको संयुक्त आयोजनामा उथ्र्रु चौतारामा यातायात सम्बन्धी जनचेतनामुलक कार्यक्रमका साथै निरिक्षण गरिएको छ ।

सवारी दुर्घटना न्युनीकरण र ट्राफिक जनचेतना सम्बन्धि जनचेतान दिनको लागि कार्यक्रमको आयोजना गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकृत लोकवहादुर महतले बताउनु भयो । उहाँका अनुसार क्षमता भन्दा बढी यात्रु नबोक्न र ट्राफिक निमयको पालना गर्न सवारी चालकहरुलाई सुझाव दिईएको बताउनु भयो ।

पातारासि सडकमा दुर्घटना बढी हुने भएकाले सवारी चालकलाई सचेत गराउनको लागि कार्यक्रमको आयोजना गरिएको महतले जानकारी गराउनु भयो । उहाँका अनुसार सवारी चालक सचेत भएमा दुर्घटना न्युनिकरण हुने बताउनु भयो । जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान दिलेन्द्र भट्टले दुर्घटना कसरी न्युनिकरण गर्ने भनेर सचेतना जगाईएको बताउनुभयो ।

सबै चालकले पुर्ण रुपमा ट्राफिक नियम पालना गरेर सवारी साधन चलाउन, यात्रुले सडकको किनाराबाट यात्रा गर्न, सबैले आफ्नो दिशाबाट यात्रा गर्न र क्षमता भन्दा बढि यात्रु सवार नगर्न, परिवारका कुनै पनि सदस्यलाई मदिरापान गरेर सवारी साधन चलाउन नदिन, बाटो काट्नु अघि दायाँ बायाँ हेरी सडक पार गर्न, तथा सवारी चालक अनुमानि पत्र लिएर मात्र सवारी चलाउन र नियन्त्रण बाहिर सवारी नचलाउन आग्रह गर्दै सुझाव दिनुभएको छ । सडकको अवस्था राम्रो नभएकाले क्षमता भन्दा बढी यात्रु नराख्न समेत आग्रह गरिएको भट्टले बताउनु भयो ।