भ्रष्टचारमा सबै नागरिकको सहभागिता रहेको आयुक्त जय वहादुर चन्दको भनाइ – Karnali News

भ्रष्टचारमा सबै नागरिकको सहभागिता रहेको आयुक्त जय वहादुर चन्दको भनाइ

 ११ चैत्र २०७८, शुक्रबार १९:५०  

नौरते नेपाली, चैत ११ जुम्ला
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका आयुक्त जय वहादुर चन्दले भ्रष्टचारमा सबै नागरिकको सहभागिता रहेको बताउनु भएको छ । जुम्लामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । भ्रष्टचारको विरुद्धमा नागरिकहरु बोल्न डराई रहेको भन्दै उहाँले आफ्ना गाउँठाउँमा भएको विकास निर्माणमा भएको अनियमितताको बारेमा खुलेर बोल्न अनुरोध गर्नु भएको छ ।

उहाँका अनुसार विकास निर्माण कार्यमा गुणस्तरीय सामाग्रीको प्रयोग नभएको बताउनु भयो । नागरिकहरु चुपचाप लागेर बसेका हुनाले नेपालमा भ्रष्टचार बढेको उहाँको भनाइ छ । आयुक्त चन्दका अनुसार आयोगले भ्रष्टचारलाई शुन्य सहनशिल्ता अपनाएको हुनाले सानो वा ठुलो जस्तो जुकै कसूर गरेपनि कारबाहीको दायरामा ल्याउने गरेको बताउनु भयो ।

गत आर्थिक वर्षमा २२ हजार ६ सय २५ वटा उजुरी परेकोमा १४ हजार ५ सय ३२ उजुरी फछच्र्याैट भएको र बाँकि ८ हजार ९३ उजुरी चालु आर्थिक वर्षमा सरेको उहाँले बताउनु भयो । गत आर्थिक वर्षमा १ सय १४ वटा उजुरीहरु विशेष अदालतमा आयोगले दर्ता गराएको उहाँको भनाइ छ । चन्दका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका विरुद्ध १२ वटा उजुरी परेकोमा १० वटा फछच्र्याैट भएको र बाँकि २ वटा प्रक्रियामा रहेको जानकारी गराउनु भयो । सबै भन्दा बढी उजुरी नगरपालिका विरुद्ध परेको उहाँको भनाइ छ ।

चन्दका अनुसार हिमा गाउँपालिका विरुद्ध ५ वटा उजुरी परेकोमा ४ वटा फछच्र्याैट भएको र १ वटा उजुरी प्रक्रियमा रहेको बताउनु भयो । यस्तै सिंजा गाउँपालिका विरुद्ध ४ वटा उजुरी परेकोमा २ वटा फछच्र्याैट भएको र २ वटा प्रक्रियामा रहेका छन् । तातोपानी गाउँपालिका विरुद्ध परेका ४ वटा उजुरी मध्ये ३ वटा फछच्र्याैट भइसकेको र १ वटा उजुरी प्रक्रियमा रहेको आयुक्त चन्दले बताउनु भयो ।

उहाँका अनुसार कनकासुन्दरी गाउँपालिका विरुद्ध ३ वटा उजुरी परेकोमा १ वटा फछच्र्याैट भएको र बाँकि २ वटा प्रक्रियामा रहेको उहाँको भनाइ छ । तिला गाउँपालिका विरुद्ध २ वटा उजुरी परेकोमा १ वटा फछच्र्याैट भएको र १ वटा उजुरी प्रक्रियामा रहेको उहाँले बताउनु भयो । यसैगरी गुठीचौर गाउँपालिका विरुद्ध २ वटा उजुरी परेकोमा १ वटा फछच्र्याैट भएको र १ वटा उजुरी प्रक्रियामा रहेको चन्दले जानकारी गराउनु भयो ।

पातारासि गाउँपालिका विरुद्ध २ वटा उजुरी परेकोमा २ वटै उजुरी फछच्र्यौट भइ रहेको आयुक्त चन्दले बताउनु भयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले नीतिगत रुपमा भइरहेको भ्रष्टचारलाई न्युनिकरण गर्नु पर्ने बताउनु भयो । उहाँका अनुसार विकास निर्माण कार्यमा हुने भ्रष्टचारलाई नागरिक तहबाट न्युनिकरण गर्न संभव रहेको बताउनु भयो । आयोगले सक्रियता बढाएमा भ्रष्टचारको घटना कम हुँदै जाने उहाँको भनाइ छ ।

तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले सम्पति सुदृढिकरण तथा हदबन्दि तोकिनु पर्ने बताउनु भयो । रिस र दुःख दिनको लागि पनि अख्तियारमा उजुरी दिने चलन रहेको उहाँको भनाइ छ । धेरै जसो व्यक्तिले भ्रष्टचारलाई स्टिम बनाएको उहाँको आरोप छ । यस्तै पातारासि गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्न नसकेको गुनासो गर्नु भयो ।

प्रदेश सरकारबाट ऋणमोक्ष मावि डिल्लीचौरमा निर्माण भएको भवन गुणस्तरीय नभएको भनि गाउँपालिकाले भन्दा भन्दै भुक्तानि भएको उहाँको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष भएर छानबिन गर्न नसकेको उहाँको आरोप छ । प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा भ्रष्टचार भइ रहेको बताउनु भयो ।

स्थानीय तहमा भएको भ्रष्टचारलाई रोक्नको लागि जनप्रतिनिधि बढी सचेत हुनु पर्ने उहाँको भनाइ छ । प्रसाईका अनुसार नागरिक सचेत भएमा भ्रष्टचार न्युनिकरण हुँदै जानेको बताउनु भयो । नागरिक समाज जुम्लाका अध्यक्ष राजवहादुर महतले विकास निर्माण कार्यमा व्यापक भ्रष्टचार भएको जिकिर गर्नुभयो ।

सार्वजनिक खरीद ऐन र नियमावली स्पष्ट नभएकाले त्यसैमा टेकेर भ्रष्टचारको श्रृखंला बढी रहेको उहाँको भनाइ छ । स्थानीय जयकृष्ण आचार्यले आयोगको टोली बस्तीमा पुगेर अनुसन्धान गर्नु सुझाव दिनु भएको छ । विकास निर्माणका रहेक चरणमा भ्रष्टचारले ठाउँ लिएको उहाँको भनाइ छ ।