शुद्ध खानेपानी सहितको भवन विद्यालयलाई हस्तान्तरण – Karnali News

शुद्ध खानेपानी सहितको भवन विद्यालयलाई हस्तान्तरण

 ११ चैत्र २०७८, शुक्रबार १९:४५  

कालीवहादुर परियार, जुम्ला
प्लान इन्टरनेश्ल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको साझेदारी र हिमा गाउँपालिकामा रहेको रुपेल्लीदेवि आधारभुत बिद्यालयको समन्वयमा शुद्ध खानेपानी सहितको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । भूकम्प प्रतिरोधात्मक चार कोठे भवन सहित शुद्ध खानेपानी र तीन कोठे शौचालय हिमा गाउँपालिकाको रुपेल्लीदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयमा नवनिर्मित भवन चार कोठे बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक समावेशी शौचालय रहेको छ । गाउँपालिका अध्यक्ष रज बहादुर शाही र प्लान इन्टरनेशनल नेपालका प्राविधिक विशेषज्ञ भूषण अर्यालले संयुक्त रुपमा विद्यालयलाई नवनिर्मित ४ कोठे भवन हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयका भवनहरु २०७६ कार्तिक २५ गते बाट निर्माण सुरु भएर २०७८ चैत्र २ गते सम्पन्न भएको थियो । प्लान इन्टरनेष्नल नेपालको ५५ लाख ६९ हजार ३ सय २३ रुपैयाँ २४ पैशा र ३ लाख ४६ हजार ६ सय ४० रुपैयाँ २४ पैशा बराबरको जनश्रमदान गरि कुल ५९ लाख १५ हजार ९ सय ६३ रुपियाँ ४८ पैशामा उक्त बिद्यालयको संरचना निर्माणमा सम्पन्न भएको बताईएको ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रममा प्लान इन्टरनेश्नल नेपालका प्राविधिक विशेषज्ञ भूषण अर्यालका अनुसार संस्थाले बालमैत्री र अपाङ्गमैत्री भवन सहयोग गर्नुको मुख्य उद्देश्य विद्यालयमा भएका साना भाइ बहिनिहरुलाई गुणस्तर शिक्षा प्रदान गर्नुको साथै यहाँको शिक्षा स्तर उकास्नु रहेको बताउनु भयो । उहाँका अनुसार अब हाम्रो संस्था बाट सानो सहयोगले यहाँका बिद्यार्थीको शैक्षिक क्षेत्रमा ठुलो सहयोग पुग्ने आसा लिएको बताउनु भयो ।

विद्यालयमा भौतिक संरचना निर्माण मात्र नभएर अब यसको सहि प्रयोग र संरक्षणमा विद्यालयका शिक्षकहरुको साथै अभिवाबक र स्वयं बिद्यार्थीहरुको पनि अहम भुमिका रहने बताउनु भयो । यस्तै हिमा गाउँपालीकाका अध्यक्ष रज बहादुर शाहीका अनुसार सबै दातालाई विशेष धन्यवाद दिनुभयो । यो सहयोगले बिद्यार्थीहरुलाई मात्र नभई अभिभावक सबैलाई अझै केही गर्ने हौसला मिलेको अध्यक्ष शाहिले बताउनुभयो । आवश्यक संरचना पूरा भएकोले अब गुणस्तरीय शिक्षामा जोड दिने उहाँको भनाइ रहेको छ ।

अब यस रुपल्लीदेवि आधारभुत बिद्यालय लाई नमुना बिद्यालय बनाउने तरायी भएको बताउनु भयो । उहाँका अनुसार भौतीक संरचाना निर्माण पुरा भएको र नमुना बिद्यालय बनाउने र अंग्रेजी माध्याम बाट कक्षा सञ्चालन गरीने प्रतिबद्धता गर्नु भएको छ । साथै गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले शिक्षा भन्दा अगाडि संस्कार महत्वपूर्ण हुने र विद्यार्थीले संस्कार पाए शिक्षा आफै ठुलो हुने बताउनुभयो ।

उहाँका अनुसार अझै पनि यस विद्यालयमा खेल मैदान, फर्निचर लगायतका विभिन्न पाठ्य सामाग्रीको समेत आवश्यकता रहेको प्रमुखले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै रुपेल्लिदेवी आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष पुन्न रोकायाका अनुसार आफ्नो विद्यालयमा धेरै कुराको अभाव भए पनी यो सहयोगले केही राहत मिलेको बताउनु भयो ।

उहाँका अनुसार बिद्यालय भवन निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिनु भएको छ । आधारभुत संरचना पूरा नहुदा विद्यालयको पठनपाठन गर्न असहज भए पनि अब पठनपाठन देखि लिएर बिद्यार्थि बसाई ब्यावस्थापनमा सहज हुने अध्यक्ष रोकायाले बताउनु भयो ।