
एनिसा हमाल, चैत ०९ जुम्ला
कर्णाली प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री रिम बहादुर शाहीले लागु औषधमा संग्लनलाई कारबाहि गर्न कसैको डर त्रास नमानि नियन्त्रणमा लिन उहाँले प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको छ । जुम्लामा बुधबारका दिन प्रदेश स्तरीय लागु औषध तथा मदिरा नियन्त्रण सम्वन्धि कार्याशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
त्यसमा कर्णाली प्रदेश सरकारले के सहयोग गर्नुपर्छ पूर्ण रुपमा सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । प्रयाप्त जनशक्ति र स्रोत साधनकोे व्यवस्था गर्न सम्बन्धित निकायसंग छलफल गरी छिटो भन्दा छिटो काम अगाडी बढाउने पनि उहाँले बताउनु भयो । लागु औष नियन्त्रण गर्न सुराकिको व्यवस्था र भत्ताको कुरालाई पनि गम्भिरता पूर्वक लिएको मन्त्री शाहिले बताउनु भयो ।
लागु औषधको प्रयोगलाई घटाउन कानुन बनाएर नहुने भन्दै जनचेतना जगाउनु आवश्यक रहेको उहाँको भनाइ छ । राजनीतिक लगायत सबै कुरामा युवाहरुलाइ सक्रिय बनाउन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । कानुन मन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागु औषध दुव्र्यसनी नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताउनु भयो ।
नीति निर्माण भएपनि बढ्दो बेरोजगारी, अभिभावकको लापरबाहि, युवामैत्री नीतिको अभाव, विकासमा यूवा सहभागिताको कमी लगायतका कारणले लागु औषधको प्रयोग बढेकोले रोजगारी सृजना संगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान अनुरोध गर्नुभयो । मन्त्री शाहीका अनुसार चेतनाको विकास बिना लागु औषध दुर्वयसनि अन्त्य सम्भव नभएको बताउनु भयो ।
नागरिक समाज, राष्ट्सेवक कर्मचारी, जनप्रतिनिधि, प्रहरी प्रशासन, शिक्षक विद्यार्थीले लागु औषध विरुद्धको अभियान चलाउनुहोस । लागु औषधको प्रयोग गलत हो भन्ने मनैदेखि भावना जाग्ने खालका जनचेतना मुलक कार्यक्रममा जोड दिनुपर्छ । साथै जुम्लाको प्रहरी प्रशासनलाई लागु कसैको दबाब र प्रभावमा नपरी निर्भिक रुपमा औषध नियन्त्रणमा लाग्न समेत निर्देशन दिनुभयो ।
लागु औषध भनेको के हो, युवाहरु किना लागु औषध प्रयोग गर्छन, लागु औषध प्रयोग गर्नुको कारण, यसको प्रयोगले गर्दा मानिसको स्वास्थ्यमा कस्तो खालको असर पर्छ, यसलाई कसरी कम गर्न सकिन्छ र पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग कर्ताको अवस्था के छ ? भन्ने विषयमा जानकारी गराउन कार्याशाला गोष्ठिको आयोजना गरिएको हो ।
लागु औषध किन प्रयोग गरिन्छ भन्ने बारेमा ठोस जवाफ नभएपनि बेरोजगार, गरिबी, साथि भाइको लहलहैमा लागेर, स्र्माट देखिनको लागि र शिक्षाको कमिले पनि प्राय मानिस लागु औषध प्रयोग गर्ने गरेको लागु औषध नियन्त्रण महशाखाका उपसचिव गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो । लागु औषध प्रयोगकर्ता हरुमध्ये नेपालमा ७१.७ प्रतिशत बेरोजगारहरु संलग्न रहेको उहाँले जानकारी गराउनु भयो ।
पछिल्लो समय गरिबीका कारणले युवाहरु लागु औषधमा बढि मात्रामा लाग्ने भएकाले न्युन आए भएका मुलुकहरुमा पनि सन् २०३० सम्म लागु औषध प्रयोगकर्ताको संख्या ४३ प्रतिशतले बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । कोरोनाको समयमा यसको प्रयोग अझै धेरै बढेको उहाँले जानकारी गराउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले लागु औषध मदिरा नियन्त्रणका लागि साझा अभियान थाल्नुपर्नेमा जोड दिनुभयो । सचेतना बृद्धि देखि नीति अनुसार कारबाहि गर्ने तर्फ पनि जोडदिन उहाँको सुझाब छ । यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई जुम्लामा ५ वर्षको अवधिमा लागु औषध प्रयोग गर्ने २० जनालाइ नियन्त्रणमा लिइएको बताउनु भयो ।
आर्थिक वर्ष २०७५÷०७६ मा ५, २०७६÷७७ मा ६ २०७७÷७८ मा ५ र चालु आर्थिक वर्षमा ४ जनालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी गराउनु भयो । सूचनाको कमीले अपराधिहरुलाई पनि नियन्त्रणम लिन नसकिएको उहाँले बताउनु भयो ।
सूचना दिन डर मान्ने र कार्यान्वयन भएन भन्ने खालको प्रवृत्तिले गर्दा पनि अपराधी नियन्त्रणमा चुनौती थपिएको उहाँको भनाइ छ । सबै भन्दा पनि नजिकको जिम्मेवार निकाय स्थानीय तह भएकाले यसको नियन्त्रणमा स्थानीय स्तर बाटै लाग्नु पर्ने उहाँले बताउनु भयो ।