
चैत ९ जुम्ला
उद्योग बाणिज्य संघमा पुरीचन्द्र देवकोटाको प्यानल बिजयी भएको छ । निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार अध्यक्षमा पुरिचन्द्र देवकोटा, प्रथम उपाध्यक्षमा डम्बर कुमारी खड्का, उपाध्यक्षमा गणेश रोकाया र महासचिवमा टेकेन्द्र नगरकोटी कोषाध्यक्ष देवेन्द्र आचार्य बिजयी हुनुभएको छ ।
अध्यक्ष देवकोटाले २ सय ६६ मत प्राप्त गरेका छन् । भने अध्यक्ष उम्मेदवारका प्रतिष्पर्धी बामपन्थी प्यानलका भैरबहादुर कठायतले १ सय ७९ मत प्राप्त गर्नुभएको छ । प्रथम उपाध्यक्ष डम्मर कुमारी खड्काले २ सय ६३ मत प्राप्त गर्नु भएको छ । भने प्रतिस्पर्धी नन्दराज धितालले १ सय ७० मत प्राप्त गर्नुभएको हो । उपाध्यक्ष गणेश रोकायाले सवैभन्द बढी ३ सय ४ मत ल्याउनु भएको छ ।
निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार लोकतान्त्रिक प्यानलका देवकोटाको पुरै प्यानल बिजयी भएको हो । लामो समय देखी नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलको बर्चस्व भएको जुम्ला उद्योग बाणिज्य संघमा यस पटक पनि प्यानल बिजयी भएको छ । यसैगरी महासचिव टेकेन्द्र नगरकोटीले २ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी कोषाध्यक्ष आचार्यले २ सय ७६ मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष देवकोटाले उद्योग क्षेत्रमा देखिएका नितिगत समस्याको हल गर्न कार्यसमितिले काम गर्ने बताउनु भएको छ ।