कैदिबन्दिलाई खेलकुदका सामाग्री र फिल्टर वितरण – Karnali News

कैदिबन्दिलाई खेलकुदका सामाग्री र फिल्टर वितरण

 २२ फाल्गुन २०७८, आईतवार १८:४३  

नौरते नेपाली, फाल्गुन २२ जुम्ला
जिल्ला कारागार जुम्लाका कैदिबन्दिलाई खेलकुदका सामाग्री र फिल्टर उपलब्ध गराईएको छ । जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत कैदिबन्दिलाई उक्त सामाग्री उपलब्ध गराईएको हो । स्वच्छ र शुद्ध खानेपानीको अधिकारलाई सुनिश्चित गर्नको लागि ५ वटा फिल्ट, २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र एक सेट क्यारेमबोर्ड उपलब्ध गराईएको छ ।

चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर अप्सरादेवि न्यौपाने (महत) सबै सामान बोकेर कारागारमै पुगेर कैदिबन्दिलाई सोहि सामाग्री हस्तान्तरण गर्नु भएको हो । विभिन्न कसूरमा जेलजीवन कटाई रहेका कैदिबन्दिहरुलाई मध्येनजर गरी सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

न्यौपानेका अनुसार झण्डै ६० हजार रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईएको जानकारी गराउनु भयो । कैदिबन्दिको आवश्यकताका आधारमा फिल्टर र खेलकुदका सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो । जेलजीवनमा बसेका कैदिबन्दिलाई अध्ययन गर्न सुझाव दिदै उहाँले देशका उच्च राजनीतिक व्यक्तिहरुको वृत्तान्त सुनाउनु भयो ।

जेल जीवनले मानिसलाई आर्दश र बुद्धिमानी बनाउने न्यौपानेले बताउनु भयो । आगामी दिनमा पनि कैदिबन्दिको समस्यालाई हल गर्न तत्पर रहेको उहाँले प्रतिवद्धता जाहेर गर्नु भएको छ । कैदिबन्दिहरुले स्थानीय सरकारलाई सीप विकासका तालीम संचालन गरि दिन माग गरेका छन् । कैदी जीवन विताई रहेका धेरै व्यक्ति अशिक्षित भएकाले पौढ शिक्षा संचालन गर्न आग्रह गरेका छन् ।

कैदिबन्दि सुशिल देवकोटाले जेल जीवन सोचे जस्तो नहुने भएकाले सीप विकासका तालीमहरु आवश्यक रहेको बताउनु भयो । परिबन्धमा परी जेलमा बस्नु परेको भन्दै उहाँले सीप विकासले क्षमता वृद्धि हुनुका साथै आत्मनिर्भर हुन सजिलो हुने बताउनु भयो । कारागारका कैदिबन्दीका लागि साना साना फिल्टर भएकाले ठुलो फिल्टर ल्याइदिन पनि उहाँले आग्रह गर्नु भएको छ ।

जेलर विष्णुवहादुर महतले कैदिबन्दिका लागि सहयोग गरेकोमा नगरपालिका र उपमेयरलाई धन्यवाद दिनु भएको छ । उहाँले भन्नुभयो गर्मी समयमा पानी फिल्टर गरी प्रयोग गर्न कैदिबन्दिलाई सहज हुने बताउनु भयो । जिल्ला कारागार जुम्लामा हाल १ सय १४ जना कैदिबन्दिहरु रहेका छन् । १ सय १३ जना पुरुष र १ जना महिला कैदिबन्दि रहेको महतले जानकारी गराउनु भयो ।