
नौरते नेपाली, फाल्गुन १३ जुम्ला
पहिलो सन्तान छोरी जन्माएको भन्दै हिमा गाउँपालिका वडा नम्बर ३ कि १ जना युवति अपहेलित भएकी छन् । छोरी जन्माएको भन्दै पोइलि पट्टिले अपहेलित गरेको उहाँको भनाइ छ । पोइलि पट्टिले वास्ता नगरेपछि अहिले उक्त युवति माइतिकै साहारामा बसेकी छन् । छोरी जन्माएको भन्दै ति युवतिलाई पोइली घरमा टिक्न दिईएको छैन् ।
पहिलो सन्तान उहाँले छोरीलाई जन्माएको भन्दै हिमा गाउँपालिका वडा नम्बर ३ चेमागाउँकी मायादेवि रोकाया दुई वर्षदेखि माइति घरमा बसेकी छन् । छोरी जन्माएको भन्दै सासु ससुरा र श्रीमानले घृणा गरेको उहाँको भनाइ छ । रोकायाकी छोरी पाँच वर्षको अब पुग्दैछन् । २१ वर्षीय मायादेवि ५ वर्षको छोरी सहित माइति घरमै बस्नु परेको छ ।
पोइली तिरकाले कुनै वास्ता नगरेपछि माइतिमै बस्नु परेको उहाँको भनाइ छ । हालखबर बुझ्न र एक पटक पनि पोइलि तिरका कोहि सोध्न नआएको उहाँले बताउनु भयो । छोरीलाई जन्म दिएकै हुनाले मलाई पोइलि तिरकाले हेला र घृणा गरेको उहाँले बताउनु भयो । छोरी जन्माउनु के अपराध हो ? उहाँले भन्नुभयो यसकै कारणले आज जीवन बर्बाद भएको छ ।
छोरीलाई अरुको काम गरी हुर्काए बढाए दुख गरी माइतिको घरमा बसेकी छु । श्रीमानले समेत हेला र घृणा गरेको उहाँको आरोप छ । मायादेविकी छोरी माइतीको संरक्षणमा छन् । पोइली तिरकाले छोरा चाएका रहेछन मैले छोरी जन्माए त्यहि भएर मलाई घरन र घाटको बनाए उहाँले बताउनु भयो ।
बाल विवाह गरेको हुनाले यस्तो समस्या आइ परेको उहाँलाई अनुभूति भएको छ । सम्बन्ध विच्छेद गर्ने कि के गर्ने भन्ने सोचमा रोकाया हुनुहुन्छ । २०७३ सालमा मायादेविको विवाह हिमा ३ जोगिवाडामा भएको हो । बाल विवाहकै कारण जीवन बर्बाद भएको बताउँदै बिचमै पढाई समेत त्याग्नु परेको उहाँले सुनाउनु भयो । मायादेविले १६ वर्षको हुँदा विवाह गर्नु भएको हो ।