कालीवहादुर परियार, फाल्गुन १० जुम्ला
समाजमा रहेको जातिय विभदे न्युनिकरण गर्ने जुम्लाका धार्मीक अगुवाहरुले बचनवद्धता गरेको छन् । विद्यान रहेको जातिय विभेद न्युनिकरण गर्ने उनिहरुले बचनवद्धता गरेका हुन् । दुईवटा स्थानीय तहका धार्मीक अगुवाहरुले यस्तो प्रतिवद्धता गरेका छन् । गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिका जुम्लाका धामी तथा झाक्रिहरुलाई अन्तर जातिय धर्मगुरुहरु सँग अभिमुखिकरण कार्यक्रममा सहभागि भएकाहरुले विभेद नगर्ने बताएका छन् ।
जातजातिका बिचमा हुने बिभेद न्युनिकरण गर्नका लागि जातिय धर्मगुरुहरुलाई अभिमुखीकरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर सरु महतले जानकारी दिनुभयो । उहाँका अनुसार समाजमा हानिकारक रुपमा रहेको छाउपडी प्रथा र जातिय बिभेद लगायतका प्रथा अझै बिद्यमान रहेको बेला समाज परिवर्तन गर्नको लागि अभिमुखिकरणको आयोजना भएको बताउनुभयो ।
महतका अनुसार अब सबै मिलेर समाजमा हुने जातिय बिभेद र छाउपडी प्रथा लगायतका प्रथाको अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो । बिभिन्न जातजातिका बिच हुने बिभेदको अन्त्य गर्नु पर्ने उहाँले बताउनु भयो । किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक गंगा महत (न्यौपाने)का अनुसार अब यो अन्तरजातिय धर्मगुरुहरुसँग भएको छलफलबाट केहि कुरा सिक्नु पर्ने बताउनु भयो ।
उहाँका अनुसार समाज परिवर्तन गर्नको लागि पहिले धर्मगुरुहरुले आफैबाट परिवर्तनको सुरुवात गर्नु पर्ने बताउनु भयो । अन्तर धार्मिक संजाका अध्यक्ष समेत रहनु भएका गुठिचौर गाउँपालिका वडा नम्वर ४ का शिबकृष्ण अधिकारीका अनुसार आफु धामी भएर पनि समाज परिवर्तनमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँका अनुसार हेराउन आउनेहरुलाई धर्मका नाउमा चढाउने बलीलाई कम गर्दै गरिब र दिनदुखीलाई सहयोग गर्न आग्रह गर्ने बताउनु भयो । अधिकारीका अनुसार अहिले पनि दलितसँग छोए पछि पानीको छिटो हाल्ने चलन अन्त्य गरेको बताउन भयो । अब हामी सबैले यस्तो प्रबृतिको अन्त्य गर्नु पर्ने उहाँको भनाइ छ ।
यस्तै अर्का सहभागि मनप्रसाद जैसिका अनुसार पुरानो चलनलाई सबै मिलेर समाजबाट हटाउनु पर्ने बताउनु भयो । उहाँका अनुसार मानिस धर्तिबाट चन्द्रमामा पुगि सके पनि हामी अझ समाजमा जातिय विभेद अन्त हुन नसेको बताउनु भयो । जैसिका अनुसार सबै समाज परिवर्तनमा लागे पछि आफु पनि समाज परिवर्तनमा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै अर्का सहभागी गुठिचौर गाउँपालिका वडा नम्वर ३ का जया कामीका अनुसार समाजमा यस्ता खालका कार्यक्रम भए पनि समाज परिवर्तन हुन नसकेको बताउनु भयो । उहाँका अनुसार समाज परिवर्तन गर्नको लागी सबै भन्दा पहिले धामीझाक्रिहरु परिवर्तन हुनु पर्ने बताउनु भयो ।
धामीझाक्रि र समाजमा रहेका ठुलाबडा भन्नेबाट नै जातीय बिभेद हुने गरेको उहाँको भनाइ छ । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा कार्यक्रम भएको हो ।