परिक्षा केन्द्र सारिएको विषयमा जुम्लाका विद्यार्थी संग संगठनहरु आन्दोलित – Karnali News

परिक्षा केन्द्र सारिएको विषयमा जुम्लाका विद्यार्थी संग संगठनहरु आन्दोलित

 १० फाल्गुन २०७८, मंगलवार १८:३१  

सीता कुमाई, फाल्गुन १० जुम्ला
तिन बर्षे वि.एड. तेस्रो बर्षको परिक्षा केन्द्र सारिएको विषयमा जुम्लाका विभिन्न विद्यार्थी संघ संगठनहरुले जुम्ला बहुमुखि काम्पसमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै तालाबन्दि गरेका छन् । फागुन १३ गतेबाट संचालन हुने परिक्षाको केन्द्र सुर्खेतमा सारिएको विषयमा विद्यार्थी संघ संगठनहरुले तालाबन्दि र ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

जुम्ला बहुमुखि क्याम्पस जुम्लामा हुँदै आएको परिक्षालाई सुर्खेतमा सारिएको विषयमा विद्यार्थी संघगठनहरु आन्दोलित भएका छन् । सुर्खेतमा परिक्षा दिन जादा असहज हुने भन्दै क्रियाशिल विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउनुका साथै तालाबन्दि गरेको अनेरास्ववियु विद्यार्थी संघगठनका केन्द्रिय स्थाई कमिटी सदस्य धिरज जैशीले बताउनु भयो ।

उहाँका अनुसार विद्यार्थीले सहज रुपमा दिन पाउने परिक्षालाई असहज बनाईएको विषयमा आन्दोलित हुनु परेको बताउनु भयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका जिम्मेवार विद्यार्थीले गरेको हस्ताक्षर सहितको ध्यानकर्षण पत्र क्याम्पस प्रशासनमा बुझाईएको जैशीले बताउनु भयो ।

परिक्षा संचानल हुनु केहि दिन अघि परिक्षा केन्द्र सारिएको सूचनाले विद्यार्थीलाई असहज बनाएको उहाँको भनाइ छ । जुम्लामै परिक्षा केन्द्र हुनु पर्ने माग गर्दै तालाबन्दिका साथै ध्यानकर्षण पत्र बुझाईएको जैशीले जानकारी गराउनु भयो । ध्यानकर्षण पत्रमा भनिएको छ, नेपालमा क्रियाशिल विद्यार्थी संगठनहरुको संघर्ष र गौरवपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सिंहदरबारको अधिकार आम नागरिकको घरघरमा विकेन्द्रिकण गरिएको व्यहोरा अवगत नै छ ।

नेपालको शैक्षिक परिवर्तनमा आम विद्यार्थीले खेलेको भूमिका र उपलब्धिले दुर दराजका गरिब तथा विपन्न विद्यार्थीले सुलभ र न्युनतम शुल्कमा शिक्षा प्राप्त गर्न पाएको उल्लेख गरिएको छ । यसै सन्दर्भमा त्रिभुवन विश्व विद्यालयले यहि फागुन १३ गतेदेखि संचालन गर्ने तिन बर्षे वि.एड. अन्तर्गत तेस्रो बर्षेको परिक्षाको मुखमै परिक्षा केन्द्र सारिएको विषयमा गम्भिर ध्यानकर्षण भएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको यस निर्णयले विद्यार्थीहरुको आर्थिक अवस्था र पढाईमा देखिएको नमरात्मक असरप्रति हामी खेद प्रकट गर्दछौँ भनिएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परिक्षा केन्द्र सुर्खेत तोकिएको प्रति त्रिवि आफ्ना विद्यार्थीहरु प्रति गैर जिम्मेवारी बनेको अनुभूति भएको छ ।

तसर्थ अविलम्ब यस निर्णयलाई सच्याई पूर्व संचालन हँुदै आएका जिल्ला स्थित त्रिविका आंशिक क्याम्पसहरुमा नै परिक्षा केन्द्र कायम गर्न विद्यार्थी संघ संगठनहरुले माग गरेका छन् । विद्यार्थी संघ संगठनहरुले गरेको निर्णय नसच्याईएमा आन्दोलनका कार्यक्रमहरु चरणवद्ध रुपमा गरिने ध्यानकर्षण पत्र मार्फत चेतवानी दिईएको छ ।

विद्यार्थीहरुको हक अधिकारका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको कुरा उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । परिक्षा केन्द्र जुम्लामा तोकिए पछि परिक्षा दिने र सुर्खेतमा परिक्षा संचालन भए परिक्षा दिन नजाने विद्यार्थीहरुले बताएका छन् ।