कार्यबोझ घटाउन महिलाहरुलाई अभिमुखीकरण – Karnali News

कार्यबोझ घटाउन महिलाहरुलाई अभिमुखीकरण

 ९ फाल्गुन २०७८, सोमबार १२:०३  

कालीवहादुर परियार, फाल्गनु ९ जुम्ला
महिलाको कार्यबोझ घटाउनको लागि जुम्लाका ३ वटा स्थानीय तहमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । चन्दननाथ नगरपालिका, तिला र गुठिचौर गाउँपालिकाका महिलाहरुलाई कार्यबोझ घटाउने विषयमा अभिमुखिकरण गराईएको हो । घरयासी कामकाजमा बढी सहभागि हुने महिलाहरुलाई कार्यबोझमा कमी गराउने उपायका बारेमा जानकारी गराईएको छ ।

वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा अभिमुखिकरण गरिएको हो । जुम्लाका ३ वटा स्थानीय तहमा रहेका कृषक समूहमा आबद्ध भएका महिलाहरुलाई अभिमुखिकरण गराईएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ प्रबिधिको प्रयोग गर्ने तरीका सिकाउने बारेमा महिलाहरुलाई अभिमुखिकरण गराईएको बताउनु भयो । जुम्ला जस्तो बिकट ठाउँमा महिलाहरु काममा बढी ब्यस्त हुने र समय धेरै खर्च हुने भएकाले महिलाहरुको कार्यबोझलाई कम गर्न खोजिएको उहाँको भनाइ छ ।

परम्परागत औजारलाई बिस्थापित गर्दै नयाँ प्रबिधिको प्रयोगबाट महिलाहरुको कार्यबोझमा कमी गर्न खोजिएको भण्डारीले बताउनु भयो । उहाँका अनुसार समयको बचत गर्दै महिला माथिको कामलाई घटाउने उद्देश्य रहेको सुनाउनु भयो । अभिमुखिकरण कार्यक्रममा बोल्दै किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक धिरनाथ योगिले चन्दननाथ नगरपालिका वडा नम्बर १, २, ३, ४, ८, ९ र १० र गुठिचौर गाउँपालिका वडा नम्बर ३ र ४ तथा तिलाका १, ८ र ९ नम्बर वडाका महिलालाई उपलब्ध गराइने कृषि सामाग्री प्रयोगका बारेमा जानकारी गराईएको बताउनु भयो ।

महिलाहरुले प्राप्त गर्ने उपकरणको प्रयोग गरि कार्यबोझ घटाउन सुझाव दिईएको योगिले बताउनु भयो । कार्यक्रममा सहभागि भएका समूहका महिलाहरुलाई कृृषि औजार हस्तान्तरण गरिने उहाँको भनाइ छ । अभिमुखिकरण कार्यक्रममा शनिबारका दिनमा तिला गाउँपालिका जुम्लाका २६ जना महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि तिला गाउँपालिका वडा नम्वर ८ जुम्लाकोटकी एसोधाका अनुसार नयाँ प्रविधिले समयको बचत हुने बताउनु भयो । महिला माथिको कार्यबोझ कम गराउन खोजेकोमा उहाँले सहयोगि दातालाई धन्यवाद समेत दिनु भएको छ । महिला माथिको कामको चापलाई घटाउने प्रयास गरेको प्रति उहाँले खुसि व्यक्त गर्नुभयो ।

यस्तै अर्का सहभागी तिला गाउँपालिका वडा १ रारालिहिका राजकली नेपालीले तालीम पछि पाएका सामाग्री प्रयोग गर्ने बारेमा ज्ञान सिकेको बताउनु भयो । समूहमा उपलब्ध भएका उपकरणको प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।