
नौरते नेपाली, फाल्गुन ७ जुम्ला
जुम्लाका दुई वटा स्थानीय तहका शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई अनौपचारिक शिक्षण सामाग्री निर्माण तथा तनाव ब्यवस्थापन तालीम दिईएको छ । सिंजा र कनकासुन्दरी गाउँपालिकाका शिक्षक र व्यवस्थापन समितिलाई तालीम दिईएको हो । विद्यार्थीको पढाईमा सहयोग गर्ने उद्देश्यले तालीम दिईएको हो ।
प्लान ईन्टरनेसनल नेपालको सहयोग र पेस नेपाल जुम्लाको साझेदारिमा संचालित कोभिड–१९ प्रतिकाय पुनर्लाभ परियोजना अन्तर्गत र शिक्षक र समितिलाई तालीम दिईएको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले जानकारी गराउनु भयो । कोरोनाबाट प्रभावि विद्यार्थीको पढाईमा सहयोग गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।
भट्टका अनुसार अनौपचारिक शिक्षण सामाग्री निर्माण तथा तनाव ब्यवस्थापन तालीमले विद्यार्थीलाई सहयोग पुग्ने जानकारी गराउनु भयो । तनाबकै कारण विद्यालयमा आएका विद्यार्थीको ध्यान पढाई तिर नगई अन्यन्त्र जाने भएकाले उनिहरुलाई परामर्श दिनको लागि शिक्षकलाई तयार गरिएको उहाँको भनाइ छ ।
विभिन्न कारणले तनाब अवस्थामा रहेका विद्यार्थीको मनोभावना बुझेर शिक्षण कार्य गराउने शिक्षकले तालीम पाएको हुनाले त्यस्तो समस्यामा परेका विद्यार्थीलाई राहत पुग्ने भट्टको विश्वास छ । तालीमको उद्घाटन सत्रमा सहभागि सिंजा गाउँपालिका जुम्लाका उपाध्यक्ष जन्मकन्या खत्रीले सिकाई उपलब्धीमा तालीमले सहयोग गर्ने प्रतिक्रिया दिनुभयो ।
शैक्षिक सामाग्री निर्माणले विद्यार्थीको शिक्षण कार्यमा सहयोग पुग्ने उहाँको बुझाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका जुम्लाका उपाध्यक्ष उर्मिला खत्री (भण्डारीले) शैक्षिक विकास र सिकाई सहजीकरणमा इट्टा थपिएको बताउनु भयो । उहाँले शिक्षकलाई तालीमबाट सिकेको सीपलाई भरपुर रुपमा कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ ।