तातोपानीका नागरिकहरु स्वच्छ खानेपानीको पहुँचमा – Karnali News

तातोपानीका नागरिकहरु स्वच्छ खानेपानीको पहुँचमा

 ४ फाल्गुन २०७८, बुधबार १८:०९  

कालीवहादुर परियार, फाल्गुन ४ जुम्ला
जुम्ला तातोपानी गाउँपालिका वडा नम्वर ४ का नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउनको लागि फिल्टर वितरण गरिएको छ । वडाका ९६ दलित घरधुरीलाई स्वच्छ खानेपानीको पुहँचमा पुर्याउने उद्देश्यले फिल्टर बितरण गरिएको तातोपानी गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष धिरज जैशिले जानकारी दिनुभयो ।

उहाँका अनुसार तातोपानी गाउँपालिका वडा नम्वर ४ का दलित बस्तीलाई शुद्ध खानेपानीको पहुँचमा पुगाउने हेतुका साथमा ९६ घरधुरीका नागरीकलाई फिल्टर बितरण गरिएको बताउनु भयो । वडाध्यक्ष जैसिका अनुसार बिभिन्न रोगबाट बचाउनको लागि प्रत्येक वडाका नागरिकलाई फिल्टर बितरण गरिएको बताउनु भयो ।

वडा सरकारले गाउँमा फिल्टर बितरण गर्दा खुसि लागेको सोहि वडाका देबिचन्द्र सुनारले बताउनु भयो । धाराको पानी शुद्धिकरण नगरेर खाने गरेको उहाँले बताउनु भयो । सुनारका अनुसार वडा सरकारले फिल्टर बितरण गर्दा बल्ल संघियता आएको जस्तो महशुस भएको बताउनु भयो । पहिले दुषित पानी पिउदै आएका हामी बल्ल वडा सरकारले फिल्टर गरे पछि खुसि लागेको अर्का स्थानीय गोरीकला कामीले बताउनु भयो ।

उहाँका अनुसार स्थानीय सरकार सञ्चालन भएको ४ बर्ष बिती सक्दा बल्ल वडा सरकारले राम्रो काम गरेको प्रति आभारी भएको बताउनु भयो । पहिले देखि दुषित पानी पिउँदै आएका हामी दलित बस्तीलाई वडा सरकारले शुद्ध खानेपानीको पहुँचमा पुगाएको प्रति आभारी भएको उहाँको भनाइ रहेको छ ।