
कालीवहादुर परियार, फाल्गुन १ जुम्ला
नेकपा एकिकृत समाजवादी जुम्लाका जनवर्गीय संगठनहरुले एमसिसि विरुद्ध जुम्लामा विरोध प्रर्दशन गरेका छन् । संसदबाट एमसिसि पास हुन नदिने भन्दै जुम्लामा बिरोध प्रर्दशन गरेको हो । सरकारले एमसिसि पारित गर्न लागेकाले कुनै पनि हालतमा पारित हुन नदिने भन्दै नेकपा एकिकृत समाजवादी जुम्लाका जनवर्गीय संगठनहरुले बिरोध प्रर्दशन गरेका हुन् ।
एमसिसिका विषयमा समाजवादी पार्टी सँधै बिरोधमा रहिरहने उक्त पार्टीले जनाएको छ । बिरोध प्रर्दशन कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य टेक बहादुुर पछाईका अनुसार एमसिसिको बिरोधमा सँधै समाजवादी सडकमा उत्रने चेतावनी दिनु भएको छ ।
उहाँका अनुसार एमसिसि भनेको एक राष्ट्रघाती सम्झौता भएकाले सबै जुम्ली लागेर कुनै पनि हालतमा पारित हुन नदिनको लागि साथ दिन अनुरोध गर्नु भएको छ । यस्तै अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सदस्य नारायणी चौलागाईले एमसिसिका विरुद्धमा सबै नेपाली जनता सडकमा ओर्लर्नु पर्ने बताउनु भयो ।
आईतबार जुम्लामा नमुनाको रुपमा मात्रै बिरोध प्रर्दशन भएको उहाँको भनाइ छ । चौलागाईका अनुसार एमसिसि बिरोधका लागि सबैले हातमा हात र काँधमाकाँध मिलाएर पार्टी नभनि विरोधमा उत्रनको लागि अनुरोध गर्नु भएको छ । युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज हरिकृष्ण थापाले एमसिसिका विरुद्धमा सडकमा आगो बल्ने बताउनु भयो ।
नेपालको हित विपरित रहेको उक्त सम्झौता खोरेज हुनु पर्ने उहाँको भनाइ छ । बिरोध प्रर्दशनमा एमसिसि चाहिदैन, देश बेच्न पाहिदैन, युवा संघ नेपाल जिन्दावाद, एकिकृत समाजवादी पार्टी जिन्दावाद लगाएतका प्ले कार्ड बोकेर बजार परिक्रमा गरीएको थियो ।