जनयुद्धको बेला उठाएका मुद्दा नेपालमा सफल भए ः अध्यक्ष कुँवर – Karnali News

जनयुद्धको बेला उठाएका मुद्दा नेपालमा सफल भए ः अध्यक्ष कुँवर

 १ फाल्गुन २०७८, आईतवार १५:५५  

नौरते नेपाली, फाल्गुन १ जुम्ला
नेकपा माओवादि केन्द्रले जुम्लाले २७ औँ जनयुद्ध दिवस जुम्लाका आठवटै स्थानीय तहमा भव्यताका साथ मनाएको छ । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । त्यही दिनको सम्झनामा तत्कालिन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

२०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो ।

यस्तै, कयौं बेपत्ता भएक थिए भने हजारौँ अपाङ्ग भएका थिए । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादि केन्द्र जुम्लाले नगर कमिटी घोषणा पनि गरेको छ । जनयुद्ध नेपालमा राजनीतिक क्रान्तिका लागि भएको नेकपा माओवादि केन्द्र जुम्लाका अध्यष विरहावदुर कुँवरले बताउनु भयो ।

उहाँका अनुसार जनयुद्धले राजनीतिक मुद्दाहरु उठाएको बताउनुभयो । नेपालको परिवर्तन र नयाँ व्यवस्था स्थापना गर्न माओवादिल थालेको युद्धले आमुल परिवर्तन गरेको कुँवरको भनाइ छ । जनयुद्धको बेला उठाएका मुद्दाहरु नेपालमा सफल भएका छन कुँवरले भन्नुभयो । धर्मनिरपेक्षता, संघियता, समानुपाति र समावेशी एजेण्डाहरु माओवादि आन्दोलनबाट स्थापित भएको उहाँका भनाइ छ । ठुलो बलिदानी, त्याग र आन्दालनले नेपालमा परिवर्तन आएको अध्यक्ष कुँवरले जानकारी गराउनु भयो ।