स्थानीय तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठि सुरु – Karnali News

स्थानीय तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठि सुरु

 २८ माघ २०७८, शुक्रबार १९:०२  

नौरते नेपाली, माघ २८ जुम्ला
शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षाको जग बलियो बनाउन स्थानीय तहमा पाठ्यक्रम निर्माण र त्यसको कार्यान्वयन गर्ने उद्देश्यले कार्यशाला गोष्ठिको सुरु भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित लर्न परियोजना अन्तर्गत कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

स्थानीय तहले आफु अनुकूलको पाठ्योजना निर्माण गरि कार्यान्वयन गराउने प्रमुख ध्ययले कार्यशाला गोष्ठिको आयोजना गरिएको हो । उक्त गोष्ठिमा ३ वटा स्थानीय तहका शिक्षा प्रमुख, जिल्ला समितिका संयोजक, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत गोविन्द कठायतले बताउनु भयो ।

हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको छ । एउटा स्थानीय तहबाट ५ जनाको सहभागिता रहेको उहाँले जानकारी गराउनु भयो । स्थानीय स्तरमा सुहाउदो पाठ्यक्रम निर्माण गरि कार्यान्वयन स्तरमा लैजाने उद्देश्यले कार्यशाला गोष्ठिको आयोजना गरिएको कठायतको भनाइ छ ।

स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्य भएमा विद्यार्थीको जीवन निर्वाह गर्न सहज हुने हिमा गाउँपालिका जुम्लाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताउनु भयो । उहाँले गरिखाने र उद्यमसँग शिक्षालाई जोडेर स्थानीय स्तरमा सुहाउदो पाठ्यक्रम निर्माण हुनु पर्ने बताउनु भया ।

स्थानीय तहमा भएका संस्कृति, सम्पदा, जडिबुटी, रैथाने बालीलाई पाठ्यक्रममा स्थानीय भाषा प्रयोग गरी निर्माण हुनु पर्ने बताउनु भयो । गोष्ठिका प्रशिक्षक पाठ्यक्रम विकास केन्द्रका प्रमुख पुरुषत्तम घिमिरेले नेपालमा औपचारीक रुपमा प्राथमिक शिक्षा पाठ्यक्रम २०४९ ले पहिलो पटक स्थानीय विषय वा मातृभाषा मध्ये कुनै एक विषय विद्यालयले छनोट गरि पढाउन पाउने व्यववस्था भएको बताउनु भयो ।

स्थानीय स्तरको पाठ्यक्रम निर्माणले विद्यार्थीको जीवन शैलि परिवर्तन हुने र स्थानीय भाषाको संरक्षण हुने उहाँको भनाइ छ । शैक्षिक क्षेत्रको युगान्तकारी परिवर्तन र उद्म स्थलको विषयवस्तु समेटि निर्माण गरिएको पाठ्यक्रम विद्यार्थीको लागि रुचिकर हुने उहाँले बताउनु भयो । स्थानीय तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठिले मुर्त रुप लिने घिमिरले विश्वास व्यक्त गर्नु भयो । होटल दौतरी जुम्लामा शुत्रबारका दिनबाट सुरु भएको कार्यशाला गोष्ठि सोमकार दिन सकिने छ ।