लिही र लर्मी गाउँ जोड्ने गोरेटो बाटो निर्माण – Karnali News

लिही र लर्मी गाउँ जोड्ने गोरेटो बाटो निर्माण

 २५ माघ २०७८, मंगलवार १५:१४  

नौरते नेपाली, माघ २५ जुम्ला
तिला गाउँपालिका वडा नम्बर २ लिही र लर्मी गाउँका नागरिकको सहजताको लागि गोरेटो बाटो निर्माण भएको छ । बाटो निर्माण भएबाट नागरिकलाई आवत जावतमा सहजता हुनुका साथै स्थानीय उत्पादनले बजार पाउन थालेका छन् । लिही देखि लर्मी गाउँसम्म १० हजार ५० मिटर गोरेटो बाटो निर्माण भएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक मिरा सिंहले बताउनु भयो ।

उहाँका अनुसार दुई गाउँका नागरिकलाई आवत जावत र कृषिवस्तुको बजारीकरणमा समस्या भएकाले गोरेटो बाटो निर्माण गरिएको बताउनु भयो । बाटो निर्माण भएकाले हाल लिही र लर्मी गाउँका नागकिरलाई यात्रामा सहज भएको उहाँको भनाइ छ । बाटोको समस्याले गर्दा मानिस मर्दा मलाम जाने र विवाहमा जन्ती गएकाहरु लडेर चोटपटक लागेको समेत सुनाउनु भयो ।

अस्पतालसम्म विरामीलाई स्टेचरमा राखेर लिन समस्या भएकाले फराकिलो गोरेटो बाटो निर्माण भएको सिंहल जानकारी गराउनु भयो । गाउँमा उत्पादन भएका स्याउ, सीमि, आलु र फापर लगायतका रैथाने बाली बाटोको समस्याले किसानहरुले विक्रि गर्न पाएका थिएनन् । भारी बोकि हिड्ने बाटोको समस्याले लर्मी गाउँका किसानहरुले उत्पादन गरेको बाली उचित मूल्यमा विक्री नगरि थन्काउनु पर्ने बाध्यता थियो ।

अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानहरुले स्थानीय बाली विक्रि गर्न ल्याउने गरेका छन् । बाटोको समस्याले उत्पादन भएका कृषि वस्तु रारा बजारसम्म ल्याउन समस्या भएको वडाध्यक्ष कलीवहादुर रावतले जानकारी गराउनुभयो । उहाँका अनुसार बाटोको समस्याले गर्दा स्थानीयलाई आवत जावत गर्न पनि समस्या रहेको बताउनु भयो ।

स्थानीयलाई आवत जावत गर्न र लिही गाउँमा उत्पादन भएका कृषिवस्तुको बजारीकरणमा सजिलो बनाउन गोरेटो बाटो निर्माण गरिएको रावतको भनाइ छ । लर्मी गाउँमा उत्पादन भएका कृषि वस्तु रारा बजारसम्म ल्याउन सहज गर्ने हेतुले गोरेटो बाटो निर्माण गरिएको हो । बाटो निर्माण भएबाट गाउँका विरामीलाई स्वास्थ्य संस्थालमा ल्याउन सहज भएको वडाध्यक्ष रावतको भनाइ छ ।

उहाँले बाटो निर्माण गर्ने पेसश नेपाल जुम्लालाई धन्यवाद समेत दिनु भएको छ । अनुकुलन कोष, वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको सहयोगमा पेश नेपाल जुम्लाद्धारा संचालित क्याप्स कर्णाली परियोजना अन्तर्गत उक्त गोरेटो बाटो निर्माण गरिएको हो । गएको असार महिनामा गोरेटे बाटो निर्माण भएको हो ।

उक्तबाटो निर्माण भएपछि लिही गाउँका २ सय ४८ र लर्मी गाउँका ९० घरधुरीलाई सहज भएको छ । ११ लाख ५९ हजार रुपैयाँको लागतमा गोरेटो बाटो निर्माण भएको हो ।