जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी – Karnali News

जुम्लामा दोस्रो पटक हिमपात, स्याउ र ओखर खेती गर्ने खुसी

 २१ माघ २०७८, शुक्रबार ०८:४३  

नौरते नेपाली, माघ २१ जुम्ला
कर्णालीको हिमाली जिल्ला जुम्लामा दोस्रो पटक भारी हिमपात भएको छ । हुम्ला, मुगु, डोल्पा सँगै जुम्लामा पनि विहिबार साँझबाट लगातार हिमपात भएको हो । यो वर्ष जुम्लामा दोस्रो पटक हिमपात भएको हो । गत पुष १५ गते पहिलो पटक हिउँपरेको थियो । हिमपात भएपछि चसोले जनजीवन कष्टकर भएको छ ।

हिमपात भएपछि गहुँ, जौं लगायत हिउँदेबाली सप्रने आशा पलाएको पातारासि ३ का किसान तारावहादुर बोहोराले बताउनु भयो । ओखर, स्याउ र आरु जस्ता विरुवाका लागि पनि यस पटकको हिमपात लाभदायक हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई स्याउ सुपरजोन जुम्लाका निमित्त प्रमुख गंगा पोख्रेरलले बताउनु भयो ।

हिँउदको समयमा पटक पटक हिमपात र वर्षा हुनु कृषकका लागि फाईदा हुने उहाँको भनाइ छ । ‘बेला बेला हिमपात भयो भने स्याउ, ओखर र हिँउदेबालीको लागी सिंचाई पुग्छ, तर पर्याप्त वर्षा र हिमपात हुनु पर्छ । उहाँले भन्नुभयो स्याउ काँटछाट र बगैंचा व्यवस्थापन भइरहेका बेला वर्षा सँगै हिमपात हुँदा हामी कृषक हर्षित भएका छन् ।

गुठीचौर गाउपालिका वडा नम्बर २ किसान रामवहादुर बुढाले भन्नुभयो, गत वर्ष स्याउ उत्पादनमा भारि गिरावट आएको सुनाउदै उहाँले यो वर्ष उत्पादन बढ्ने आशा पलाएको बताउनुभयो । जुम्ला सदरमुकाम खलंगामा झण्डै १ फिट हिमपात भएपनि गाउँ बस्ति र लेकाली क्षेत्रमा बढि हिउँपर्दा भडिगोठालालाई भने सकस भएको छ ।