सुपरजोन सञ्चालन समन्वय समिति जुम्लाको संयोजकमा शाही – Karnali News

सुपरजोन सञ्चालन समन्वय समिति जुम्लाको संयोजकमा शाही

 २० माघ २०७८, बिहीबार ०९:५१  

माघ २० जुम्ला
जुम्लामा सुपरजोन जिल्ला समन्वय समितिको पुर्नगठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सुपरजोन सञ्चालन भईरहेका चारवटा स्थानीय तहहरु चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका किसानहरु उपस्थित कार्यक्रमबाट युवा स्याउ कृषक सरोज शाहीलार्ई संयोजकमा चयन गरिएको हो ।

संयोजकमा शाही सहित ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । सदस्यहरुमा बलबहादुर खत्री, कमलराज गिरी, लक्ष्यबहादुर बुढा, कालिबहादुर रावत, धनलक्ष्मी देवकोटा टिकालक्ष्मी न्यौपाने रेवती रावल, बलबहादुर भण्डारी छनोट हुनु भएको छ । सुपरजोन संचालन समन्वय समितिका लागि चारैवटा पालिकामा किसानको भेलाले जिल्लामा पठाएका ९ जना प्रतिनिधिबाट एक जना संयोजक र अरु सदस्यहरु किसान आफैले छनोट गरेर चयन गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका निमित्त बरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख पोख्रेलले नयाँ समितिलाई खादा तथा अविरले स्वागत गर्नुका साथै बधाई समेत ज्ञापन गर्दै समितिले कार्यालय सँग समन्वय सहकार्य तथा सल्लाह सुझाव दिनेमा विश्वास भएको बताउनुभयो । उद्धाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले नयाँ आउने नेतृत्वले समितिले सक्रिय रुपमा लागेर जुम्लालाई स्याउ, ओखर र सिमी क्षेत्रको थप उत्पादन गर्न दिने शुभकामना दिनुभयो ।

उहाँले समितिले कार्यालयको सेवालाई थप चुस्त बनाउनमा समेत जोड दिने बताउनुभयो । नेपाली कांग्रेस प्रदेश ख का सभापति कालीबहादुर बुढाले सुपरजोन प्रदेश (ख) मा लागु गर्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुख पोख्रेलले भने जिल्लाले धेरै पहिला निर्णय गरेर प्रदेश (ख) का लागि कार्यक्रम संचालन गर्न अनुरोध गरिएकाले आगामी आर्थिक बर्षमा कार्यक्रम सिञ्जा क्षेत्रमा पनि लागु हुने बताउनुभयो ।

कोरोनोको कारण ९ जना कार्यक्रम संचालन स्थानीय तहबाट छनौट किसान, जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ र कार्यालय गरि १५ जना भन्दा कम व्यक्तिको उपस्थितिमा समन्वय समिति गठन गरिएको थियो । संचालन समितिको महत्व र उद्देश्य विषयमा जानकारी समेत गराईएको थियो । ओभरसियर लक्ष्मण खड्काले नयाँ कार्यविधिमा संचालन समितिको काम कर्तब्य र समितिको उद्देश्यका बिषय जानकारी गराउनु भएको हो ।