
कालीवहादुर परियार, माघ १९ जुम्ला
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियु जुम्लाले राके जुलुस निकालेको छ । वर्तमान गठबन्धन र परमादेशको सकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गरेकोले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै राके जुलुस निकालेको हो । संविधान र लोकतन्त्रको रक्षा गर, राज्यको ढुकुटी माथि झोलै झोल, खोइ त जनतालाई सिटामोल भन्दै जुम्लामा राके जुलुस गरिएको अनेरास्वीय जुम्लाका अध्यक्ष पदम सुवर्णकारले बताउनुभयो ।
उहाँका अनुसार खोपको व्यवस्था गर्न किन जान्दैन, विद्यार्थीको परीक्षा गर्न किन मान्दैन भन्ने नारा सहित अनेरास्ववियु केन्द्रिय कमिटिको सर्कुलर अनुसार अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटि र राष्ट्रिय कमिटिको आयोजनामा राके जुलुस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनु भयो ।
उक्त कार्यक्रममा अनेरास्ववियु जुम्ला जिल्ला अध्यक्ष पदम सुवर्णकार, मध्यपश्चिम विश्व विद्यालय केन्द्रिय क्याम्पस कमिटीका अध्यक्ष प्रकाश रिजालले सम्बोधन गर्नु भएको थियो । वर्तमान परमादेशको सरकारले निर्वाचन गराउन बाहानाबाजी गर्दै देशको हित प्रतिकुल काम गर्न खोजेको सुवर्णकारणले बताउनु भयो ।