मन्दिरलाई जुम्लाका नागरिकले असहयोग गरेको गुठीको गुनासो – Karnali News

मन्दिरलाई जुम्लाका नागरिकले असहयोग गरेको गुठीको गुनासो

 १८ माघ २०७८, मंगलवार ०७:५५  

नौरते नेपाली, माघ १८ जुम्ला
चन्दननाथ मन्दिरलाई जुम्लाका नागरिकले असहयोग गरेको गुठी व्यवस्थापन समितिले गुनासो गरेको छ । आम कर्णालीको र देशकै धार्मिक स्थलका रुपमा परिचित चन्दननाथ भैरवनाथ मन्दिरलाई जुम्लाका भत्तजनहरुले असहयोग गरेको गुठीको गुनासो रहेको हो । पर्वको बेला भत्तजनहरु पुजाको बेला बाँहेक अरुबेला खासै नआउने गरेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताउनु भयो ।

जुम्लाका भत्तजनहरुले मन्दिरलाई पूर्ण रुपमा असहयोग गर्दे चियाचौतारीमा कुरा काट्ने गरेको उहाँले बताउनु भयो । मन्दिरको टहरा भाडा लिएकाहरुले पनि समयमै भाडा नदिने र धकेल्न खोज्ने गरेको उहाँको भनाइ छ । सबैको असयोगले पुजापाठ र धार्मिक कर्म गर्न मन्दिरलाई समस्या भएको अध्यक्ष कठायतले जानकारी गराउने भयो ।

उहाँका अनुसार मन्दिरमा दर्शन गर्न तथा पुजाका लागि आउने भत्तजनहरुले घरमा राखिएको र च्यातिएका पुरानो पाँच रुपैयाँको नोट भेटि वापत चढाउने गरेको सुनाउनु भयो । प्रयोगमा नआउने नोटलाई मन्दिरमा आएर भेटि स्वरुप चढाउने गरेको उहाँको भनाइ छ । जुम्ला भन्दा अन्य जिल्लाका भत्तजनहरु मन्दिरमा दर्शनको लागि आएमा बरु उनिहरुले ५ सय रुपैयाँ देखि माथि भेटि चढाउने गरेको उहाँले जानकारी गराउनु भयो ।

हिन्दु धर्मालम्बिहरुको आस्था र धरोहरको प्रतिपूर्ति बाबा चन्दननाथ र भैरवनाथ मन्दिरलाई कसैले पनि सहयोग नगरेको प्रति उहाँले दुख पोख्नु भएको छ । मन्दिरको संरक्षण, रेखदेख र अन्य कार्यमा जुम्लाको भत्तजनहरुले खासै चासो नदिएको सचिव जीतवहादुर महतले बताउनु भयो । उहाँका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरलार्ई धार्मिक पर्यटनको रुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै यसमा सबै जुम्लाबासीलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

धर्मप्रतिको घट्दो विश्वासलाई पुनजार्गित गर्नको लागि ब्रह्मा, विष्णु र महेश्वरको शक्तिलाई आम नागरिकले अहिलेसम्म राम्रोसँग बुझ्न नसकेको उहाँको भनाइ छ । मन्दिरलाई जुम्लाका नागरिकले हेपाको दृष्टिकोणले हेर्ने गरेको सचिव महतले बताउनु भयो । मन्दिरमा आएर विवाह गर्ने भत्तजनहरुको सुविधाको लागि मन्दिरको पूर्वतिर विवाह मण्डपको निर्माण कार्यको सुरुवात भएको उहाँले बताउनु भयो ।

धेरै भत्तजनहरुको सहभागितामा विवाह गर्न पाउने गरि विवाह मण्डपको कार्य थालनि भएको उहाँको भनाइ छ । दत्तात्रयको मन्दिरको नाममा परिचित बाबा चन्दननाथ मन्दिरलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउनको लागि भत्तजनहरुले चढाउने भेटीलाई संकलन गरि मन्दिरको रंगरोगन र व्यवस्थापनको काममा खर्च गर्ने परिपाटिको विकास भएको सचिव महतले बताउनु भयो ।

उहाँका अनुसार सबैको अस्था र धार्मिक क्षेत्रलाई सकेजति सहयोग गर्न र मन्दिरको पूर्णकर्ममा सहभागि हुन आग्रह समेत गर्नु भएको छ ।