चुनावको माग गर्दै अनेरास्ववियुको सरकारलाई गम्भीर ध्यानकर्षण – Karnali News

चुनावको माग गर्दै अनेरास्ववियुको सरकारलाई गम्भीर ध्यानकर्षण

 १८ माघ २०७८, मंगलवार ०७:४३  

एनिसा हमाल, माघ १८ जुम्ला
स्थानीय तहको चुनाव समयमै हुनुपर्ने माग गर्दै अनेरास्ववियु जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत सरकारको गम्भीर ध्यानकर्षण गराएको छ । छिटो भन्दा छिटो स्थानीय तह निर्वाचनको मिति घोषणा गरी देशलाई अस्थीरता तर्फ जानबाट रोक्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लाले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानकर्षण गराएको हो ।

नेपालको राजनैतिक अस्थीरताका बाहक शक्तिहरुको गठजोडबाट बनेको वर्तमान परमादेशी सरकारले देशलाई थप अस्थीरता तर्फ लैजाने प्रत्यन गरिरहेको भन्दै तत्काल निर्वाचनको मिति तोक्न अनेरास्ववियु जुम्लाले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइ मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

दशकौं सम्म स्थानीय निकायहरु जनप्रतिनिधि विहिन हँुदा विगतमा मुलुकले व्यर्होनुपरेको भंयकर क्षतिलाई नजरअन्दाज गर्दै यथासिघ्र चुनावको मिति घोषणा गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ । उक्त विज्ञप्तिमा लेखिएको छ, लोकतन्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नका लागी अनेरास्ववियु तत्काल निर्वाचनको मिति घोषणा गरेर समयमा नै निष्पक्ष निर्वाचन गर्नलाई सरकारसँग जोडदार माग गर्दछ ।

अन्यथा विधिको शासन र कानुनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उत्रिन हाम्रो संगठन वाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार परामेदशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी समेत दिन चाहान्छ विज्ञप्तीमा लेखिएको छ ।

लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वाेचता र आवाधिक निवार्चन हो, आम जनता र मुलकको सबभन्दा ठुलो राजनीतिक पाटी नेकपा एमालेले पटक पटक स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न गरिरहेको आग्रहलाई लत्याउदैँ वर्तमान गठबन्धन सरकारले देशलाइ अध्यरो तर्फ डोर्याउन खोजेको पनि विज्ञप्तीमा भनिएको छ ।

जुम्ला लगायतका देशै भरीका अनेरास्ववियुको जिल्ला कमिटीहरुले विज्ञप्ती निकालेर चुनावको मिति तोक्न माग गरेको अनेरास्ववियुका सह संयोजक गोरख बहादुर रावतले जानकारी दिनुभयो ।