
नौरते नेपाली, माघ १६ जुम्ला
कोरोना खोप लगाउन उत्प्रेरित गर्न जुम्ला कनकासुन्दरी गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई अभिमुखीकरण गरिएको छ । गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई कोभिड १९ बिरुद्ध खोप लगाउन उत्प्रेरित गर्न अभिमुखिकरण गराईएको छ । गाउँमा धेरै जसो नागरिकले कोरोना विरुद्ध खोप नलगाएको हुनाले महिला स्वास्थ्य स्वयम सेविका मार्फत खोप लगाउन सहजीकरण गरिएको हो ।
दुई चरणमा ३० जना महिला स्वास्थ्य स्वयम सेविकालाई सहभागि गराई कोरोना विरुद्ध खोप लगाउन तथा जनचेतनामुलक अभिमुखिकरण गरिएको पेश नेपाल जुम्लाले जनाएको छ । महिला स्वास्थ्य स्वयम सेविकाहरुले एकैचोटि सबै ठाउँमा सूचना पुराउने भएकाले उनिहरुलाई अभिमुखिकरण गरिएको हो ।
उक्त कार्यक्रम प्लान ईन्टरनेश्नल नेपालको सहयोग र पेस नेपाल जुम्लाको साझेदारिमा कोभिड १९ प्रतिकार्य पुनर्लाभ परियोजना अन्तर्गत सन्चालन गरिएको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले बताउनु भयो । कोरोना विरुद्धको खोप धेरै नागरिकले लगाउन नचाहेको हुनाले उनिहरुलाई इनकरेज गर्नको लागि महिला स्वास्थ्य स्वयम सेविका मार्फत सकरात्मक सन्देश प्रवाह गरिएको उहाँको भनाइ छ ।
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ कनकासुन्दरीका महिला स्वयम सेविकाहरुलाई अभिमुखिकरण गरिएको भट्टले बताउनु भयो । कोभिड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कनकासुन्दरीका महिला स्वयम सेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको उहाँले जानकारी गराउनु भयो । कोभिड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने र पोस्टर मार्फत सचेतीकरण गर्ने योजना रहेको भट्टले सुनाउनु भयो ।
कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयम सेविकाको भूमिका अहम हुने भएकाले अभिमुखिकरण गरिएको उहाँको भनाइ छ ।