बुबाको स्मृतिमा शुभाकारद्धारा क्रियासिल पत्रकार पुरस्कार घोषणा – Karnali News

बुबाको स्मृतिमा शुभाकारद्धारा क्रियासिल पत्रकार पुरस्कार घोषणा

 १५ माघ २०७८, शनिबार १७:३६  

नौरते नेपाली, माघ १५ जुम्ला
पत्रकार शुभाकर विश्वकर्माले स्वर्गीय बुबा दिपवहादुरको स्मृतिमा क्रियासिल पत्रकार पुरस्कार घोषणा गर्नु भएको छ । आफ्नो शुभ विवाहको अवसरमा उहाँले स्वर्गीय बुबाको स्मृतिमा क्रियासिल पत्रकार पुरस्कार घोषणा गर्नु भएको हो । जुम्लामा रहेर काम गर्ने क्रियासिल पत्रकारलाई वर्षमा १० हजार रुपैयाँको पुरस्कार रासि दिने उहाँले घोषणा गर्नु भएको छ ।

नेपाल पत्रकार महासँघ जुम्लासँग समन्वय गरि पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार दिने पत्रकार विश्वकर्माले बताउनु भयो । शुभकार र बसन्ति सुनारकोे शुभ विवाहको अवसरमा जुम्लामा रहेका क्रियासिल पत्रकारलाई १० हजार रुपैयाँको पुरस्कार रासी दिने उहाँले घोषणा गर्नु भएको हो ।

विगत ६ वर्ष पहिले शुभाकरका बुबा दिपवहादुरको अल्पआयुमै निधन भएको थियो । व्यक्तिगत रुपमा पुरस्कार रासीको घोषणा गर्दै शुभाकरले जुम्लामा नयाँ पारिपाटीको शुभारम्भ गर्नु भएको छ । शुभाकार विश्वकर्माको घर तातोपानी गाउँपालिका वडा नम्बर ६ रावतवाडा हो । हाल विश्वकर्मा बाँके जिल्लाबाट प्रकाशन हुने मिसन टुडे पत्रिकामा काम गर्नु हुन्छ ।

पुरस्कार रासी घोषणा कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विशाल खड्काले स्वर्गीय बुबाको स्मृतिमा क्रियासिल पत्रकार पुरस्कार घोषणा गर्नु नयाँ काम भएको बताउनु भयो । स्थानीय सरकारका तर्फबाट क्रियासिल पत्रकार पुरस्कारलाई बलिया बनाउन सहयोग गरिने उहाँको भनाइ छ ।

अध्यक्ष खड्काले पत्रकारहरु निष्पक्ष भएर जनताको पक्षमा बोल्न र कलम चलाउन आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले क्रियासिल पत्रकार पुरस्कारले जुम्ली पत्रकारहरुका लागि सम्मान हुने बताउनु भयो । व्यक्तिगत रुपमा शुभाकरले बुबाको स्मृतिमा घोषणा गरेको पुरस्कारले नयाँ सन्देश दिएको उहाँको भनाइ छ ।

शाहीका अनुसार घोषणा गरिएको पुरस्कार रासिएको स्वामित्व शुभाकार रहने भन्दै समन्वय पत्रकार महासंघले गर्ने बताउनु भयो ।