कृषि विकास बैंकका सम्पूर्ण सेवाहरु बन्द – Karnali News

कृषि विकास बैंकका सम्पूर्ण सेवाहरु बन्द

 १२ माघ २०७८, बुधबार १८:२७  

एनिसा हमाल, माघ १२ जुम्ला
कृषि विकास बैंक लिमिटेड शाखा जुम्लाले दिने सम्पूर्ण सेवाहरु विहिबार सम्मको लागि बन्द गरिएको छ । बंैकमा कार्यररत २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयले दिने सम्पूर्ण सेवाहरु बन्द गरिएको कृषि विकास बैंकका शाखा प्रबन्धक सुर्य प्रसाद गैरेले बताउनु भयो ।

सेवाग्राहिको स्वास्थ्यलाई मध्यनजर गर्दै २ दिनको लागि सेवा बन्द गरिएको उहाँको भनाइ छ । बैंकका लेखापाल र क्यास काउन्टरमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएकाले अन्य सेवाग्राहिहरुलाइ पनि कोरोना संक्रमण हुन सक्ने भएकाले कार्यालय बन्द गरिएको बुढाले जानकारी दिनुभयो । दुबै कर्मचारीको अवस्था सामान्य रहेको र होम आइसुलेशनमा रहेको उहाँले बताउनु भयो ।

हाललाई बिहिबार सम्म सेवा बन्द गरिएको र बिरामीको अवस्था हेरर त्यसपछि मात्र अर्को सूचना गरिने उहाँको भनाइ छ । कार्यालयमा प्रयाप्त कर्मचारी नभएकाले पनि सेवाग्राहिलाई सेवा प्रदान गर्न नसकिएको उहाँको भनाइ छ । माघ ७ गते देखि सेवाग्राहिलाई माक्स र खोप कार्ड अनिवार्य गरिएको उहाँले बताउनु भयो ।

तर बैंकका कर्मचारीलाइ नै कोरोना देखिएपछि सेवा बन्द गर्नुपरेको उहाँले जानकारी गराउनु भयो । बाहिर गेटमै सूचना टाँसिएकोले सेवाग्राहिहरुलाई गेटबाट भित्र प्रवेश गर्न नदिइएको उहाँको भनाइ छ । मानिसको स्वास्थ्य भन्दा ठुलो केहि नभएकाले सेवाग्राहिहरुमा पर्न गएको असुविधा प्रति उहाँले क्षमा याचना गर्नु भएको छ ।