गुठीको जग्गामा ३६ वटा नयाँ पक्कि टहरा निमार्ण हुदै – Karnali News

गुठीको जग्गामा ३६ वटा नयाँ पक्कि टहरा निमार्ण हुदै

 १२ माघ २०७८, बुधबार १७:५७  

एनिसा हमाल, माघ १२ जुम्ला
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको जग्गामा ३६ वटा नयाँ पक्कि टहरा निमार्ण हुन लागेका छन् । गुठीको प्रयोगि विहिन जग्गामा पक्कि टहरा निर्माण हुन लागेका हुन् । सडकबाट १.५ मिटर भित्र, मोहडा ३.५ मिटर र पिछाड ७ मिटरमा ३६ वटा नयाँ टहरा निर्माणको काम सुरुवात भएको छ ।

फोहोरलाइ मोहरमा परिणत गर्दै र प्रयोग विहिन जग्गालाई सदुपयोगमा ल्याउनको लागि नयाँ टहरा निर्माण गर्न लागिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्ययले बताउनु भयो । उहाँका अनुसार एकल महिला, वैदेशिक रोजगारबाट फर्किएका, पछि परेका, आदिवासि जनजाती र व्यवसाय गर्न चाहानेहरुलाई सोहि जग्गामा टहरा निर्माण गर्न दिइएको बताउनु भयो ।

मासिक ४ हजार ५ सय रुपैयाँ भाडा लिने गरि ३६ वटा नयाँ टहरा निर्माणको क्रममा रहेको बताउनु भयो । प्रयोग विहिन र फोहोरको चंगुल बनेको जग्गालाई प्रयोग गर्नको लागि व्यवसाय गर्नेहरुलाई टहरा निर्माण गर्न दिईएको उपाध्ययाको भनाइ छ । मन्दिरमा कसैले पनि सहयोग नगर्ने र पुजापाठमा समस्या हुने भएकाले टहराको रेखदेख गुठी समितिले नै गर्ने गरी जग्गा लिजमा दिइएको उहाँले जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार अहिले गुठी व्यवस्थापन समितिमा कर्मचारी र पुजारी गरेर १० जना कार्यरत रहेका छन । उनिहरुको पारिश्रमिकमा मात्र मासिक १ लाख ५० हजार र अन्य सबै खर्च गरेर मासिक ३ लाख जति खर्च हुने भएकाले गुठी व्यवस्थापन समितिलाई आर्थिक समस्या भएको उहाँको भनाइ छ ।

पारिश्रमिक संगसँगै पुजापाठका सामान र पर्वहरुमा लाग्ने खर्चमा पनि कसैको सहयोग नहुने गरेको सचिव जीतवहादुर महतले बताउनु भयो । मन्दिरमा दियो जलाउनलाई मात्र महिनामा ६० माना घ्यु खर्च हुने गरेको उहाँको भनाइ छ । यी सबै समस्याको हल गर्नको लागि प्रयोग विहिन अवस्थामा रहेको जग्गामा टहरा निमार्ण गर्न जग्गा लिजमा दिने सम्झौता गरिएको उहाँले जानकारी गराउनु भयो ।

व्यवसाय गर्नेहरुले आफ्नै खर्चमा सोही टहरा निमार्ण गर्ने गरी सम्झौता गरिएको सचिव मतहले जानकारी गराउनु भयो । उहाँका अनुसार जमिन भाडामा लिई व्यवसाय गर्नेहरुले दुई÷दुई वर्षको अन्तरालमा टहरा नविकरण गर्नुपर्ने र दुई÷दुई वर्षमा १० प्रतिशतले भाडामा बृद्धि हुने गरि सम्झौता भएको बताउनुभ यो ।

उहाँका अनुसार व्यवसायीका कारणले मन्दिरको शान्ति भंग हुन गएमा र भक्तजनहरुलाइ प्रतिकुल प्रभाव पर्ने किसिमको वातावरण सिर्जना हुन गएमा गुठी व्यवस्थापन समितिले नै त्यस्तो व्यवसायीलाइ हटाउन सक्ने गरि टहरा निर्माणको लागि अनुमति दिईएको जानकारी गराउनु भयो । गुठी जग्गामा पहिले पनि ६५ वटा टहरा निमार्ण भएका छन् ।

उक्त टहराबाट महिनामा ३ लाख ८६ हजार भाडा उठ्ने गरेको उहाँले जानकारी दिनुभयो । हाल त्यहि भाडाबाट उठेको रकमले मन्दिरको खर्च चलाउने गरेको महतको भनाइ छ ।