
माघ १२ जुम्ला
कृषि विकास कार्यालय जुम्लाले बिउको कमि हुन नदिन उन्नत जातका गहुँको बिउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानिय गहुँ उत्पादन हुने गरेकोमा विशेषगरी उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको हो ।
स्थानिय कृषकहरुलाई अनुदानमा बीउ उपलब्ध गराएर कृषि विकास कार्यालयले तातोपानी १ नम्बर वडाको बाइराँकामा दुई प्रकारका उन्नत जातका गहुँको बीउ उत्पादन गर्न लागेको हो । कार्यालयले मुल बीउ स्वर्गद्वारी २०० केजि र ध्प्ज्ञद्दण्द्ध ४०० केजि बीउ गरि जम्मा ६०० केजि बीउ उपलब्ध गराएको कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले नासोलाई बताए ।
उनले भने, ूअहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गरिन्छ । यो तयार हुन अलि ढिलो हुँदा धान खेती पनि ढिलो हुन जान्छ । यसैकारण यस उन्नत जातको गहुँ तयार हुन सामान्यतया कम समय लाग्छ र गहुँ पनि तुलनात्मक रुपमा बढी नै उत्पादन हुने हुँदा किसानलाई यो बीउ सिफारिस गरेका हौ ।
उनका अनुसार उक्त दुई प्रकारका मुल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानीमा बाडिएको हो । प्रमुख अधिकारीका अनुसार यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मुल बीउ लगाएका छन् ।
यस्तै, स्थानीय किसान नारायण शाहीले यि दुबै उन्नत जातका मुल बीउ लगाएका छन् । शाहीका अनुसार उनले आफ्नो तीन रोपनी जग्गामा गहुँको बीउ लगाएका छन् । उनले भने, ूस्थानिय गहुँ ढिली पाक्दा धान लगाउन समस्या भयो । हामिले यसको विकल्प खोजिरहेकै बेला कृषि विकास कार्यालयले उन्नत जातको बीउ अनुदानमा दियो ।
उनका अनुसार पितापुर्खाको पालादेखि नै त्यस फाटमा गहुँ लगाउने गरिन्थ्यो । स्थानिय गहुँले धानलाई असर गर्ने भएपछि गहुँ छोडेर अन्य बाली लगाउने सोच भने स्थानिय कृषकमा नआएको होइन । तर कृषि विकास कार्यालयले उन्नत जातको बीउ दिनेभएपछी आफुहरु नै खुसी भएको अर्का किसान बाँचु शाहीले बताइन् ।