नगर प्रहरीको लागि दरखास्त आह्वान – Karnali News

नगर प्रहरीको लागि दरखास्त आह्वान

 १० माघ २०७८, सोमबार १७:५२  

कालीवहादुर परियार, माघ १० जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाले ५ जना नगर प्रहरीको लागि दरखास्त आह्वान गरेको छ । नगर प्रहरी कार्यविधि, २०७७ अनुसार नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो । यसका लागि नगरपालिकाले १० माघ देखि ११ फागुन सम्म २१ दिने सूचना प्रकाशित गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्र फाराम भर्न सकिने नगरपालिकाले जनाएको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाका अनुसार नगर प्रहरी कार्यविधि, २०७७ अनुसार काम, कर्तव्य तोकिएको बताउनु भयो । नगरको सुरक्षा गर्ने, सवारी साधन पार्किङको व्यवस्थापन गर्ने, सवारी साधन पार्किङको शुल्क संकलन गर्ने र नगर सरसफाइ व्यवस्थापन गर्ने नगर प्रहरीको काम, कर्तव्य र जिम्मेवारी रहने जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दा जुल्दो रहने बताउनु भयो । नगर प्रहरीमा दरखास्त दिने व्यक्ति नेपाली नागरिक हुनुपर्ने, १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने, प्रचलित कानुनद्धारा अयोग्य नठहरिएको हुनुपर्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोग सजाय नपाएको हुनुपर्ने प्रावधान रहेको बताउनु भयो ।

यस्तै, कुनै राजनीतिक पार्टीको सदस्यता नलिएको, मानव अधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय नपाएको, महिलाका लागि घटीमा ५ फिट र पुरुषका लागि घटीमा ५ फिट २ इन्च उचाई भएकाले नगर प्रहरीमा दरखास्त दिन सक्ने चन्दननाथ नगरपालिका प्रशासन प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताउनु भयो ।

यस्तै महिलाका लागि तौल घटीमा ४२ किलोग्राम, पुरुषका लागि तौल घटीमा ५० किलोग्राम, छाती नफुलाउँदा घटीमा ३१ इन्च र फुलाउँदा ३३ इच्च भएको हुनुपर्ने, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र स्वीकृत चिकित्सक बाट निरोगिताको प्रमाणपत्र पाएको हुनुपर्ने छ । नगर प्रहरीको पारिश्रमिक नगरपालिकाले तोकेबमोजिम हुने जानकारी दिनु भयो ।

कर्मचारी छनोट पद्धति शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा र अन्तर्वार्ता हुने नगरपालिकाले जनाएको छ । उहाँका अनुसार नगर प्रहरी जवानका लागि दरखास्त शुल्क ३ सय रुपैयाँ तोकिएको बताउनु भयो । शैक्षिक योग्यताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र र सेवानिवृत्त भुतपूर्व प्रहरी कर्मचारीको हकमा ४० वर्ष उमेर ननाघेको, सो्सम्बन्धी प्रमाण खुल्ने आवश्यक कागजात पनि समावेश गर्नुपर्ने व्यवस्था रहेको बताउनु भयो ।