
कालीवहादुर परियार, माघ १० जुम्ला
जनस्वास्थ्य सेवा कार्यालय जुम्लामा कोरोना खोपको अभाव भएको छ । कार्यालयमा खोप नहुदा जुम्लाका अधिकांस नागरिकले खोप लगाउन पाएका छैनन् । खोपको मात्र कमी भएकाले धेरै जसो नागरिकहरुले खोप लगाउन नपाएका हुन् । जुम्लामा आएको कोभिशिल्ड, भेरोसिल र जोनसन एण्ड जोनसन खोपको अभाव रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख हरिवहादुर भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार अहिले जिल्लामा बुस्टर बाँहेक भेरोसील र कोभिसिल्ड खोपको अभाब रहेको बताउनु भयो । जिल्लामा चलि रहेको बुस्टर डोज खोप अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, मालपोेत कार्यालय र नापी कार्यालयका कर्मचारीलाई लगाउने काम भएको भण्डारीले बताउनु भयो ।
बाँकि रहेका सबैलाई बुस्टर डोज खोप लगाउन उहाँले अनुरोध गर्नु भएको छ । पहिलो मात्र खोप लगाएका र दोस्रो डोज खोप लगाउन बाँकि रहेकाहरुलाई अब चाँडै खोप आउने भएकाले प्रतिक्षामा रहन उहाँको अनुरोध छ । अब आउने खोप लगाउनको लागि जनस्वास्थ्य सेवा कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखामा भिडभाड हुने भएकाले सम्बन्धति वडामा खोप उपलब्ध गराउने तयारी भएको निमित्त प्रमुख भण्डारीले बताउनु भयो ।
जुम्लाका कतिपए नागरिकहले भेरोसील र कोभिसिल्डको दोस्रो डोज खोप नपाएको गुनासो गरेका छन । चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादु महतका अनुसार गएको पुष महिनाको ३० गतेदेखि हालसम्म भेरोसिल २२ सय ५ र कोभिसिल्ड ४ सय ९५ जना गरि जम्मा २ हजार ७ सय जनाले खोप लगाएको बताउनु भयो ।
यस्तै बुस्टर ४ सय ३३ जानले लगाएको उहाँको भनाइ छ । जनस्वास्थ्य सेवा कार्यालय र जुम्लाका अन्य स्थानीय तहका स्वास्थ्य शाखाले लगाएको खोपका मात्रको विवरण आएको छैन् । यता प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले १८ वर्ष माथिका ६५ प्रतिशतले पहिलो मात्रा र ४० प्रतिशतले पूर्ण मात्र खोप लगाइ सकेको बताउनु भयो ।
१२ वर्ष देखि १८ वर्ष उमेर समूहका ७ हजार १ सय ७२ जनाले मोड्र्ना खोप लगाएको उहाँको भनाइ छ । सेवा लिन आउने नागरिकलाई खोपकार्ड अनिवार्य गरिएपछि एक हप्ताको अवधिमा २ हजार नयाँ खोप लगाउने नागरिक थपिएको प्रसाईले बताउनु भयो । बुस्टर डोजको मात्र कमी भएकाले लगाउने क्रमजारी रहेको उहाँको भनाइ छ ।
प्रसाईका अनुसार थप खोप आउने क्रममा रहेकाले नागरिकलाई धैर्य गर्न आग्रह गर्नु भएको छ । २०६८ सालको जनगणना अनुसार जुम्लाको १ लाख ८ हजार भन्दा बढी जनसंख्या रहेको छ ।