
कालीवहादुर परियार, माघ १० जुम्ला
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । ओमिक्रोन लगायत प्रजातिको संक्रमण समुदाय स्तरमा फैली सकेको अबस्थामा उच्च सतर्कता अपनाउदै परिक्षणको दायरालाई फराकिलो बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
बिद्यमान अबस्थालाई मध्यनजर गरी समयमै कोभिड १९ रोगथाम, निदान, उपचार र पुर्नस्थापनामा सबै पक्ष एक जुट भएर सहभागी हुन ज्ञापन पत्रमा उल्लेख गरीएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाका अध्यक्ष गणेश नेपाली द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा सरकारी, निजी, सामुदायी र अध्ययन संस्थाहरुमा कार्यरत सबै स्वास्थ्याकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारीश्रमीक उपलब्ध गराउन माग गरीएको छ ।
उक्त सुेवा सुबिधा उपलब्ध नगराउने संस्थाहरुलाई कारर्वाहीको दाहेरामा ल्याउन सरकार सँग जोडदार माग गरीएको छ । संक्रमित स्वास्थ्याकर्मीहरुको निशुल्क औषधी उपचारको ब्यावस्था गर्न सम्पुर्ण स्वास्थ्याकर्मी र अग्रस्थानमा खटिने कर्मचारीहरुको यथासिघ्र बिमाको ब्यवस्था गर्न, आउदो चैत मसान्त सम्म सबै नागरीकलाई पूर्ण खोप दिन लगायतका १५ बुदे मागहरु ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।