दुई स्थानीय तहका नागरिकलाई बिपद् प्रतिकार्यका सम्बन्धि तालीम – Karnali News

दुई स्थानीय तहका नागरिकलाई बिपद् प्रतिकार्यका सम्बन्धि तालीम

 ३ माघ २०७८, सोमबार १८:०२  

कालिहावदुर परियार, पुष २९ जुम्ला
तिला गाउँपालिका र तातोपानी गाउँपालिका जुम्लाका २४ जान स्थानीय नागरीकहरुलाई बिपद् प्रतिकार्यका लागी सामुदायिक पहल सम्बन्धी ४ दिने तालीम दिईएको छ । सामुदाय स्तरमा हुने आकस्मीक बिपद्को समाधान गर्नको लागी तिला गाउँपालिका र तातोपानी गाउँपालीका जुम्लाका गरी २४ जनालाई ४ दिने तालीम दिईएको हो ।

बिपद् प्रतिकार्यका लागी सामुदायीक पहल सम्बन्धी कार्यक्रमको बिहिबारका दिन होटेल कान्जीरोवामा एक कार्यक्रमका बिच समापन गरीएको छ । युयसएआईडी नेपालको आर्थिक सहयोग, मर्सिकोर नेपालको आयोजना र किडार्क नेपाल जुम्लाको सहजीकरमा ४ दिने तालीम सम्पन्न भएको हो ।

तालीममा सहभागी भएका सबै सामुदाय स्तरका एक सफल सिपाई भएको किडार्क नेपालका कार्यकारी निर्देशक गोबिन्द बहादुर शाहीले जानकारी दिनु भयो । उहाँका अनुसार समुदायको अगुवाईमा समाजमा हुने बिपद्को प्रतिकार्य गर्नको लागी तालीम दिईएको बताउनु भयो । ४ दिनको तालीममा सिकेका कुरालाई ब्यवहारमा उर्तान उहाँले सहभागीलाई सुझाव दिनु भएको छ ।

उहाँका अनुसार पहिले बिपद् प्रतिकार्य गर्नको लागि जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने, हेलीकप्टर मगाउनु पर्ने र दमकल मगाउनु साथै अन्य सामाग्रीको भर पर्नुपर्ने हुन्थ्यो । तर आज भोली समुदाय स्तरमानै बिपद् प्रतिकार्यका लागी तालीम प्राप्त भएका नागरीक भएकाले बिपद प्रतिकार्यमा सहज भएको बताउनु भयो ।

तालीममा सिकेका सिपलाई प्रतिकार्यमा प्रयोग गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तातोपानी गाउँपालिकाका अध्यक्ष नबराज न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार ४ दिनको तालीमबाट सिकेका कुरालाई ब्यवहारमा उर्तान सुझाव दिनु भएको छ । बिपद् प्रतिकार्यका लागि प्रत्येक ब्यक्तिले विरुवा रोपेमा बिपदबाट बच्न सकिने किर्डाक नेपाल जुम्लाका परियोजना प्रमुख महेन्द्रजंग शाहीले बताउनु भयो ।

उहाँका अनुसार हामीले ४ दिनको अवधिमा सिकाएका कुरालाई पछि बिपद् भईहालेमा प्रयोग गर्न सुझाव दिनु भएको छ । ४ दिनको समयमा बिपद प्रतिकार्यका लागि धेरै कुरा सिकाइएको तालीममा सहभागी देबि गिरीले जानकारी दिनु भयो । तालीम दिएकोमा उहाँले किर्डाक नेपाल जुम्ला र मर्सिकोरलाई धन्यवाद समेत दिनु भएको छ ।