कर्मचारी संगठन जुम्लाको अध्यक्षमा आचार्य – Karnali News

कर्मचारी संगठन जुम्लाको अध्यक्षमा आचार्य

 २ माघ २०७८, आईतवार १७:३३  

नौरते नेपाली, माघ २ जुम्ला
नेपाल निजामती कर्मचारी संगठन जुम्लाको अध्यक्षमा गणेश आचार्य सर्वसहतिमा निर्वाचित हुनु भएको छ । जुम्ला बजारमा आईतबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा दर्शन उपाध्याय र पद्दमा चौलागाई, सचिव मदन चौलागाई, कोषाध्यक्ष उषा रावल, सह–सचिव रविन बुढथापा लगायत २१ सदस्यीय समिति सर्वसहतिमा निर्वाचित भएका हुन् ।

अधिवेशनले ४ सदस्यीय केन्द्रीय प्रतिनिधि र ३ सदस्यीय कर्णाली प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा मुन प्रसाद खत्री, पद्दमा चौलागाई, धुव्रराज गिरी, मन्दिरनाथ योगि चयन हुनु भएको छ भने कर्णाली प्रदेश प्रतिनिधिमा लक्ष्मण बुढथापा, हर्क महत र लोकेन्द्र पाण्डे चयन हुनु भएको छ ।

संगठनको आउँदो माघ १४ र १५ गते काठमाडौंमा ११ औं राष्ट्रिय अधिवेशन हुन गईरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत वहादुर शाहीले उत्कृष्ट सेवा प्रदान गर्न सुझाव दिनु भएको छ । नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध भएका कर्मचारीहरुले अरु भन्दा फरक भएर सेवा दिन हाँले आग्रह गर्नु भएको छ ।

सुशासन सहितको जनमैत्री सेवा उपलब्ध गराउन शाहीको सुझाव छ । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष गणेश आचार्यले भ्रष्ट्चार रहित सेवा दिलाउन पहल गर्ने बचन वद्धता गर्नु भएको छ । संगठनलाई चुस्त र दुरुस्त बनाउने काम गर्ने उहाँको भनाइ छ । नेपाल निजामति कर्मचारी संगठन पेशागत महासंघका केन्द्रिय सदस्य मुन प्रसाद खत्रीले व्यक्ति विशेषको पछि नलागि संगठनमा आवद्ध हुन आग्रह गर्नु भएको छ ।

व्यक्ति प्रधान नभइ संस्था प्रधान भएकाले कसैको करकाप र भनसुनका पछि सहभागि नहुन उहाँले अनुरोध गुर्न भएको छ । अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष धिरज जैसीले संगठनलाई जीवन्त बनाई राख्न सुझाव दिनु भएको छ ।

संगठनका विरुद्ध धावा बोेल्ने व्यक्तिलाई सजग रहन अनुरोध गर्दै वडाध्यक्ष जैसीले कमजोर गर्ने प्रयास कतैबाट भए प्रतिकार गर्न पार्टी तयार रहेको उद्घोष गर्नुभयो । नेपाल निजामति कर्मचारी संगठनका पूर्व उपाध्यक्ष एवं स्थापक सदस्य नारायण चौलागाईले राष्ट्र सेवक कर्मचारीले सेवालाइ अवसरका रुपमा प्रयोग गर्न सुझाउनु भएको छ ।

सेवा अवकास पछि सबैको मनमा बस्ने प्रकारको सेवा प्रवाह गर्नु पर्ने उहाँको भनाइ छ । कार्यालय समय पछि पनि टाढाका सेवाग्राहीलाई नकुराई सेवा दिनु पर्ने उहाँले बताउनु भयो । नेपाल निजामति कर्मचारी संघगठनका केन्द्रिय सदस्य गणेश रावलले सेवाग्राहिलाई गुन लगाउने सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।

उहाँका अनुसार नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध भएका कर्मचारीहरुले अरुको भन्दा छिटो, छरितो र प्रभावकारी सेवा दिनु अनुरोध गर्नु भएको छ । आधिकारीक ट्रेड युनियन जुम्लाका सहसचिव धुव्रराज गिरीले सहज र सरल तवरको सेवा प्रदान गर्न नेपाल निजामति कर्मचारी संघगठनमा आवद्धहरु सक्रिय हुनु पर्ने बताउनु भयो । राज्यको नीति कार्यान्वयन गर्न बसेका कर्मचारीहरु पेशा प्रति वफदार हुनु पर्ने उहाँको भनाइ छ ।