कृषि सामाग्री प्रयोगका बारेमा किसानलाई तालिम – Karnali News

कृषि सामाग्री प्रयोगका बारेमा किसानलाई तालिम

 २५ पुष २०७८, आईतवार १८:३१  

कालीवहादुर परियार, पुष २५ जुम्ला
तातोपानी गाउँपालिका भित्रका कोभिड १९ बाट प्रभावित र बिपन्न कृषकरूलाई कृषि सामाग्री सम्बन्धि एक दिने तालिम दिईएको छ । कृषि पेशालाई आधुनिक र व्यवसायिकरण गर्न सहयोग गर्ने हेतुले २७ जना कृषकहरूलाई कृषि सामाग्री सम्बन्धि तालिम दिईएको हो । किर्डाक नेपालको आयोजना, वर्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोगमा तिला र तातोपानीका कृषकलाई कृषि सामाग्री सम्बन्धि तालिम दिईएको छ ।

तातोपानी गाउँपालिकाका २० र तिला गाउँपालिकाका १० जना गरि जम्मा ३० जनालाई कृषि सामाग्री सम्बन्धि तालीम दिईएको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर सरू महतले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी र तिला गाउँपालिकाका नागरिकका लागि कृषि बस्तु उत्पादन गरि जिबिपोपार्जनमा सहयोग पुगोस भनी तालिम उपलब्ध गराईएको बताउनु भयो ।

गाउँपालिकाका अति बिपन्न र कोभिड १९ बाट प्रभावित भएका घर परिवारले कृषिबाट आफू खाएर र बजारमा लगेर उत्पादित कृषि बस्तु बेचबिखन गरेर आर्थीक आम्दानी गरून् भन्नको लागि तालिम दिईएको महतले जानकारी दिनुभयो । फिल्ड अफिसर महतका अनुसार तालिममा सिकाईएको सीपलाई ब्यवहारमा उतार्न सम्पूर्ण तालिममा सहभागीहरूलाई अनुरोध गर्नु भएको छ ।

उहाँका अनुसार तालिममा कृषि सामाग्रीको प्रयोग र कृषि बस्तु उत्पादन गर्ने तरिका सम्बन्धी जानकारी गराईएको बताउनु भयो । महतका अनुसार गएको २३ गते चन्दननाथ नगरपालिका वडा नम्वर १, २, ३, ४ र १० का ३३ जनालाई कृषि सामाग्री सम्बन्धि तालिम दिईएको जानकारी दिनु भयो ।

यस्तै २४ गते गुठिचौर गाउँपालिका वडा नम्वर ३ र ४ तथा चन्दननाथ नगरपालिका वडा नम्वर ८ र ९ का २४ जना कृषकलाई तालिम दिईएको फिल्ड अफिसर महतले जानकारी दिनु भयो । उहाँका अनुसार तालिम लिएका किसानहरुलाई प्रति ब्यक्ति ३० हजार बराबरको कृषि सामाग्री प्रदान गरिने जानकारी दिनु भयो ।

तालिम सकिएको २÷४ दिन भित्र कृषि सामाग्री कृषकहरूलाई उपलब्ध गराईने फिल्ड अफिसर प्रबेश कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम सम्पन्न भएको २÷४ दिज भित्र तालिममा सहभागी भएकाहरूलाई कृषि सामाग्री प्रदान गरिने बताउनु भयो । यो सिजनमा स्याउका बिरूवा काँटछाँट गर्ने समय र ग्रीन हाउस निर्माण गर्ने समय आएकाले विभिन्न कृषि सामाग्री उपलब्ध गराईने बताउनु भयो ।

उहाँका अनुसार प्रति ब्यक्ति एउटा ग्रीन हाउस, प्लाष्टिक ड्रम, जैबिक बिषाधी, त्रिपाल, तौल गर्ने डिजिटल मेसिन, आरी, सिकिचर, हजारी र फरूवा उपलब्ध गराईने बताउनु भयो । तालिममा ग्रीन हाउस निर्माण गर्दा ध्यान दिनु पर्ने आवस्यक तरिका सिकाईएको उहाँको भनाइ छ । कोराइलाका अनुसार तालिमबाट प्राप्त गरेका सामाग्रीहरू घरको कुनामा नथन्काई प्रयोगमा ल्याउनु पर्ने काईरालाको भनाइ रहेको छ ।

तालिममा सहभागी हुन पाउँदा एकदमै खुसि लागेको तातापानी गाउँपालिका वडा नम्वर ६ का स्थानीय बल बहादुर बिष्टले जानकारी दिनु भयो । उहाँका अनुसार स्याउका बिरूवा काँटछाँट गर्ने समय र तरकारी उत्पादन गर्ने समयमा किर्डाक नेपाल जुम्लाले तालिम दिएकोमा आभारी भएको बताउनु भयो ।

स्थानीय बिष्टका अनुसार तालिमबाट सीप सिक्न पाउनुका साथै सामाग्री पाउने हुँदा खुसि लागेको बताउनु भयो । आगामी दिनमा पनि यस्तै खालका तालिम आवस्यक रहेको विष्टले जानकारी गराउनु भयो । तालिमबाट सिकेका सिपलाई ब्यवहारमा लागु गर्ने तालिममा सहभागी तिला गाउँपालिका वडा नम्वर ३ का किसान लालमती थापाले बताउनु भयो ।

उहाँका अनुसार बिपन्न परिवारलाई किर्डाक नेपाल जुम्लाले कृषि सामाग्री प्रदान गर्ने कुरा सुन्दा अत्यान्तै खुसि लागेको बताउनु भयो । तालिमबाट सिकेका सीप आफ्ना गाउँका छरछिमेकलाई समेत सिकाउने उहाँले जानकारी दिनु भयो । तालिममा सहभागी थापाका अनुसार पहिले कुनै पनि कुरा थाहाँ नपाएका किसानलाई सामाग्री दिने विषयले उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो ।