बाजुराका मुर्तिकार जैशी सम्मानित – Karnali News

बाजुराका मुर्तिकार जैशी सम्मानित

 २० पुष २०७८, मंगलवार ०८:०६  

अम्मरनाथ योगी, १९ पुस, जुम्ला

बाजुराका मुर्तिकार कर्ण प्रसाद जैशी जुम्लामा सम्मानित हुनु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय जुम्ला र चन्दननाथ गुठिले संयुक्त रुपमा जैशिलाई सम्मान गरेको हो । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ६ बस्ने मुर्तिकार जैशी विगत केही महिनादेखि जुम्लामा बसेर मुर्ति बनाउने काम गर्दै आउनु भएको थियो ।

त्यसै क्रममा जैशिले जिल्ला प्रशासन र चन्दननाथ मन्दिरमा मुर्ति उपहार दिनु भएको थियो । मुर्तिकार जैशिलाई प्रमुख जिल्ला अधिकारी विजया कुमारी पसाईले दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्नु भएको छ । यस्तै, चन्दननाथ गुठिले यात्रा खर्च बापत पाँच हजार रुपैयाँ प्रदान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले मुर्तिकार जैशी आइ बहुमुल्य मुर्ति निर्माण गरेर अमूल्य कार्य गरि आफ्नो कला प्रस्तुत गरेकोमा आभार प्रकट गर्नुभयो । यसरी उहाँले यसपछि जहाँ गएर पनि आफ्नो कलाले संस्कृति र परम्परालाई जोगाउन अहम् भुमिका खेल्न समेत आग्रह गर्नु भयो ।

जैशिले विशेषगरी सिमेन्ट र सरिया प्रयोग गरेर निकै आकर्षक मुर्ति बनाउने गर्नुहुन्छ । उहाँले विगत लामो समयदेखि विभिन्न जिल्लामा गएर मुर्ति बनाउने र प्रमुख मठमन्दिर, सरकारी कार्यलयहरुलाई आफुले बनाएको पहिलो मुर्ति उपहार दिने गर्नु भएको छ ।